पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान : देशैभर उत्साहजनक (हेर्नुहोस् तस्बिरहरू)
प्रकाशित मिति : माघ २७, २०८१ आईतबार

नेपाल सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान जारी छ ।
गत फेब्रुअरी ४ (माघ २२ गते) अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ अभियान सुरु गरेको थियो ।
फागुन ६ गतेसम्म देशभरि सञ्चालन हुने अभियान उत्साहजनक चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले देशभर १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप खोप दिने लक्ष्य राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।
लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । एचपिभी खोप एकदमै सुरक्षित रहेकोले निर्धक्कसँग खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ ।
खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र, आठ हजार दुई सय अन्य खोप केन्द्र छन् भने २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :