प्यालेस्टिनी भूमिसम्बन्धी पछिल्लो घटनाक्रमबारे छलफल गर्न शिखर सम्मेलनको आह्वान


प्रकाशित मिति : माघ २७, २०८१ आईतबार

इजिप्टले फेब्रुअरी २७ मा अरब राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्ने भएको छ । जसमा प्यालेस्टिनी भूमिसम्बन्धी पछिल्लो गम्भीर घटनाक्रमबारे छलफल गरिनेछ।

इजिप्टको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजिप्टले पछिल्लो गम्भीर घटनाक्रमलाई ध्यानमा राख्दै अरब नेताहरूलाई छलफलका लागि आह्वान गर्नेछ ।”

यो सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजा पट्टीबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने तथा तटीय क्षेत्रमा अमेरिकी नियन्त्रण स्थापित गर्ने योजनाविरुद्ध क्षेत्रीय समर्थन जुटाउन इजिप्टले प्रयास गरिरहेको समयमा हुन लागेको हो।

इजिप्टले पछिल्ला दिनहरूमा प्यालेस्टाइनलगायत अरब मुलुकहरूसँग उच्चस्तरीय परामर्श गरेपछि यो सम्मेलनको प्रस्ताव गरेको बताइएको छ। सम्मेलनको तयारीका लागि इजिप्टले हाल अरब लिगको अध्यक्षता गरिरहेको बहराइनसँग समन्वय गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार, इजिप्टका विदेश मन्त्री बद्र अब्देलाटीले जोर्डन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) लगायतका क्षेत्रीय साझेदारहरूसँग भेटवार्ता गर्दै प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट जबरजस्ती विस्थापन गर्ने कार्यको विरोधमा संयुक्त रूपमा उभिन आह्वान गरेका थिए।

गत हप्ता ट्रम्पले गाजामा अमेरिकी प्रशासनको अवधारणा प्रस्तुत गर्दै गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डनमा पुनः स्थापित गर्ने र ध्वस्त गाजा क्षेत्रलाई ‘मध्यपूर्वको रिभेरा’का रूपमा पुनर्निर्माण गर्ने परिकल्पना अघि सारेका थिए।

उनको उक्त प्रस्तावले विश्वव्यापी रूपमा तीव्र प्रतिक्रिया निम्त्याएको छ। अरब राष्ट्रहरूले इजरायलसँग स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने दुई(राज्य समाधानको समर्थन गर्दै ट्रम्पको योजनालाई कडा रूपमा अस्वीकार गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com