डेढ करोड लगानीमा स्वास्थ्यकर्मी पुनले सुरु गरेको फलफूल खेती, वार्षिक ५० लाख आम्दानी गर्ने लक्ष्य


प्रकाशित मिति : माघ २७, २०८१ आईतबार

बागलुङको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् ।

गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गरेक छन् । उनी पेसाले स्वास्थ्यकर्मी हुन् । दिउँसोको समय नागरिकको उपचारमा खटिने उनी फुर्सदको समय बारीमा काम गर्छन् ।

“सँगैका साथी कोही जापान र कोरिया, कोही खाडी मुलुक भएका छन् । युवापुस्ता नहुँदा सुनसान बन्दै गएको गाउँमा विसं २०७३ देखि व्यावसायिक कृषि कर्म गर्दै आएको छु”, पुनले भने । उनले ‘स्वरोजगार बहुउद्देश्यीय कृषि पशुफार्म’ सञ्चालन गरी सम्भावना खोज्दै आएका छन् ।

आठ वर्ष अघि सुरु गरेको व्यवसाय अहिले विस्तार हुँदै गएको उनको भनाइ छ । पुनले गाउँको बाँझो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा किबी, केरा, सुन्तला, कागती र टिमुरखेती गर्दै आएको बताए । साथै, ५० बढी बाख्रा पालन गरेको बताउँदै उनले बारीमा पुग्दा लटरम्म फलेका फलफूलले धेरैलाई आकर्षित गर्ने प्रतिक्रिया आउने गरेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“एक सय ८० रोपनी क्षेत्रफलमा लगाएको फलफूलमध्ये केहीले उत्पादन दिन थालेका छन्, केही हुर्किँदै छन् । केही वर्ष अघि वनमाराले ढाकेको बारीमा अहिले फलफूल उत्पादन हुँदा गाउँले नै दङ्ग छन्”, पुनले भने । गाउँमा स्वरोजगार बनेर जनताको सेवा गर्ने सोच बनाएका उनी पाँच वर्षदेखि ढोरपाटन–८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रमुखका रूपमा कार्यरत छन् ।

फुर्सदको समयमा बारीमा काम गर्ने उनले कृषि फार्ममा हालसम्म डेढ करोड बढी लगानी गरेको जानकारी दिए । उनलाई विदेशबाट फर्किएका दाई हिमालकुमार पुन र भिनाजु विक्रिम घर्तीमगरले साथ दिइरहेका छन् ।

सुरुमा १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले राम्रो हुँदै गएपछि बर्सेनि आम्दानी पनि बढ्दै गएको पुनले बताए । यसवर्ष फलफूल तथा बाख्रा बिक्री गरेर सात लाख आम्दानी भएको जनाउँदै उनले वार्षिक ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको उल्लेख गरे ।

“अहिले सुरुवाती चरणमा छौँ, आम्दानी जति लगानी भइरहेको छ, बाख्रापालनबाट सुरु गरेको व्यवसाय अहिले फलफूल खेतीलाई जोड दिएका छौँ । म जनताको उपचारमा व्यस्त भइराख्ने हुँदा दाइ र भिनाजु विदेशबाट फर्किएर यहाँ काम गर्न थाल्नुभएको छ, उहाँहरूले थप हौसला दिँदा लगानी बढाइरहेको छु”, पुनले भने, “लगानी अनुसारको प्रतिफल आउला भन्ने अपेक्षासहित गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि कर्ममा लागेको हुँ ।”

पुनले केही वर्ष अघि ६० लाखको जग्गा किनेर फलफूल खेती विस्तार गरेको जानकारी दिए । हालसम्म कृषि ज्ञान केन्द्र बागलुङबाट एक लाख १३ हजार, ढोरपाटन नगरपालिकाबाट एक लाख ८८ हजार अनुदान प्राप्त भएको बताउँदै उनले स्वदेशमा केही गर्न चाहाने युवालाई राज्यले पनि सोही अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिए । गाउँमा खानेपानी र सिँचाइ अभाव हुँदा गाउँले बसाइँसराइ गर्न बाध्य भएका उनको भनाइ छ ।

आफूले ठूलो लगानी गरेर फलफूल खेती गरे पनि सिँचाइ अभावमा बिरुवा सुक्दा लाखौँको नोक्सानीसमेत व्यहोर्नु परेको पुनले गुनासो पोखे । गाउँ नजिक पानीको मुहान नभएकाले टाढाबाट ल्याउनका लागि लाखौँ रुकम आवश्यक पर्ने उनले उल्लेख गरे । पुनले विदेश पलायन हुने युवालाई स्वदेशमा पनि मेहनत गरे प्रशस्त आम्दानी गर्न सकिने सुझाव दिए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com