ईसाई धर्मको प्रचार गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ
प्रकाशित मिति : माघ २६, २०८१ शनिबार

नेपालमा १७ जना अमेरिकी नागरिक पक्राउ परेका छन । ईसाई धर्मको प्रचार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पर्यटक भिसामा आएको अबस्थामा उनीहरुमाथि स्वयंसेवी कामको बहानामा धर्मको प्रचार गरेको र सोही अनुसाका कृयाकलापमा सम्लग्न भएको आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिका ५ देउरालीबाट उनीहरुलाई पक्राउ गरिएको हो । सुनसरी प्रहरीले पक्राउ परेका अमेरिकी नागरिकहरुले क्रिश्चियन धर्मको प्रचार गरेको बताएको छ ।
सुनसरी प्रशासनले पक्राउ परेकाबाट बरामद भएका कागजातको अध्ययन गरिरहेको बताएको छ । थप अनुसन्धानको प्रकृया अघि बढाउन प्रशासनले अध्यागमन कार्यालयलाई अनुरोध गरिएको बताएको छ ।
पर्यटन भिसामा नेपाल आएका उनीहरुले चर्च निर्माणको कार्यमा सम्लग्नता देखाएको प्रहरीले बताएको छ । उनीहरु १५ दिनको पर्यटक भिसामा नेपाल आएका थिए ।
नेपालको अध्यागमन कानुनले भविष्यमा नेपाल प्रबेश गर्न नपाउने गरि देश निकाला गर्न पाउने प्रबन्ध गरेको छ ।