अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आगामी हप्ता पारस्परिक व्यापार शुल्क घोषणा गर्ने तयारी


प्रकाशित मिति : माघ २६, २०८१ शनिबार

Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबार वा मंगलबारसम्म विभिन्न देशहरूमा पारस्परिक व्यापार शुल्क लगाउने तयारी गरिरहेका छन्। ट्रम्पको यो कदमले विश्वव्यापार सम्बन्धलाई पुनःसंरचना गर्ने र अमेरिकाको आर्थिक हितलाई मजबुत पार्ने रणनीतिक प्रयासलाई थप तीव्र बनाउनेछ।

ट्रम्पले कुन-कुन देशहरूलाई असर गर्ने भन्ने खुलाएका छैनन् । यद्यपी, उनले यो व्यापक नीति हुने संकेत गरेका छन्, जसले अमेरिकी बजेट घाटा कम गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

“अर्को हप्ता म पारस्परिक व्यापारको घोषणा गर्नेछु, जसले गर्दा अन्य देशहरूले हामीलाई जसरी व्यवहार गर्छन्, हामी पनि तिनीहरूलाई त्यसरी नै व्यवहार गर्नेछौं”, ट्रम्पले भने, “हामी न बढी चाहन्छौं, न कम।”

ट्रम्पले यो घोषणा जापानी प्रधानमन्त्री शिगेरु इसिबासँगको भेटघाटका क्रममा गरेका हुन्। उनले अटोमोबाइल शुल्क अझै छलफलमै रहेको बताएका छन् । ह्वाइट हाउसले केही देशहरूलाई सम्भावित छुट दिने विषयमा विचार गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले विशेष रूपमा युरोपियन युनियनको १० प्रतिशत अटोमोबाइल आयात शुल्कको आलोचना गर्दै आएका छन्, जुन अमेरिकी कारहरूमा लाग्ने २.५ प्रतिशत शुल्कभन्दा निकै उच्च छ। उनले बारम्बार भनेका छन्, “युरोपले हाम्रा गाडीहरू लिँदैन तर लाखौं युरोपेली कारहरू अमेरिकी बजारमा निर्यात गर्छ।”

तर, अमेरिकाले भने पिकअप ट्रकहरूमा २५ प्रतिशत आयात शुल्क लगाउने गरेको छ, जुन जेनरल मोटर्स, फोर्ड र स्टेलान्टिसजस्ता अमेरिकी अटो निर्माताहरूका लागि नाफाको प्रमुख स्रोत मानिन्छ।

ट्रम्प प्रशासनले ल्याउन लागेको नयाँ व्यापार शुल्क नीति अमेरिकी अर्थतन्त्रमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा विश्वभर चासो बढ्दै गएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com