संघीय कर्मचारी घटाउने ट्रम्पको योजनामा अदालतको रोक


प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार

संघीय कर्मचारी कटौटी गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अदालतले रोक लगाइदिएको छ ।

अमेरिकी संघीय न्यायाधीश जर्ज ओटुलले सोमबार हुने सुनवाइसम्म स्वेच्छाले राजीनामा दिन लगाउने ट्रम्पको प्रस्तावलाई स्थगित राख्न आदेश दिएका हुन ।

ट्रम्पले बिहिबाररातीसम्म संघीय कर्मचारीलाई स्वेच्छाले राजीनामा दिए ३० सेप्टेम्बरसम्मको तलव दिने प्रस्ताव ल्याएका थिए ।

असन्तुष्ट कर्मचारीहरुले अदालतमा दायर गरेको मुद्धाको औचित्यता पुष्टि गर्न आवश्यक देखिएको छ । संघीय कर्मचारीको आकार घटाएर खर्च जोगाउने ट्रम्प प्रशासनको हिस्सा स्वरुप यो योजना ल्याइएको हो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

व्हाइट हाउसले ४० हजार भन्दा बढी कर्मचारीहरूले राजीनामा दिने प्रस्ताव स्वीकार गरेका दावी गरेको छ ।

व्हाइट हाउसले अदालतबाट आएको अस्थायी रोकलाई राजीनामा दिनेको संख्या बढाउनसक्ने समयको रुपमा हेरेको छ ।

कार्यालयमा उपस्थित नहुने तर घरबाटै काम गर्ने कर्मचारीको संख्या मुख्यत घटाउनका लागि योजना ल्याइएको अमेरिकी सरकारले बताएको छ ।

ट्रम्प प्रशासनले २ लाख कर्मचारीहरूले यो प्रस्ताव स्वीकार गर्ने अपेक्षा गरेको थियो ।

डेमोक्र्याटहरूले राजीनामा प्याकेजको वैधता माथि प्रश्न उठाएका छन् । यसले ‘ब्रेन ड्रेन’ निम्त्याउने चेतावनी दिएका छन् । जसको प्रभाव ‘प्रत्येक अमेरिकीले महसुस गर्नेछ।’ उनीहरुले भनेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com