पनामाले भन्यो : अमेरिकी जहाजले पनामा नहरमा निःशुल्क प्रवेश पाउने कुनै सहमति भएको छैन


प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार

अमेरिकी सरकारी जहाजहरुलाई पनामा नहरमा निशुल्क आवतजावत गर्न दिने बिषयमा कुनै सहमति नभएको पनामाले स्पष्ट पारेको छ ।

तर ह्वाइट हाउसले अमेरिकी जहाजहरुलाई निशुल्क आवागमनको अनुमति दिने सहमति पनामासँग भएको बताएको थियो ।

विदेश मन्त्रालयले अमेरिकी जहाजहरु पनामा नहरबाट निशुल्क आवतजावत गर्न पाउने भएपछि प्रत्येक वर्ष मिलियन डलरको बचत हुने सामाजिक सञ्जाल एक्स मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पनामा नहर प्राधिकरणले नहर पार गर्नका लागि तिर्नुपर्ने शुल्क निर्धारण गरेको हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व व्यापारको लागि प्रमुख मार्गको रुपमा रहेको पनामा नहरको नियन्त्रण पुनः प्राप्त गर्ने इच्छा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार व्यक्त गरिरहेका छन ।

८२ किमी लामो पनामा नहर मध्य अमेरिकी देश पनामामार्फत जान्छ र एटलान्टिक र प्रशान्त महासागरको बीचमा जोडिन्छ ।

विदेशमन्त्री मार्को रुबियोले पानामाबाट ‘चिनियाँ प्रभाव र नियन्त्रण’ घटाउनका लागि ‘तत्काल परिवर्तन’ गर्न माग गरेका छन्।

रुबियोले पानामासँग नहरमा चीनको प्रभाव घटाउन माग गरेका छन ।

पनामा नहरमा सबैभन्दा बढी अमेरिकाका जहाजहरु ओहोरदोहोर गर्ने गर्दछन । २०२४ मा नहरमार्फत आवागमन गर्ने ५२ प्रतिशत जहाजहरूका बन्दरगाहहरू अमेरिका थिए ।

प्रत्येक वर्ष लगभग १४,००० जहाजहरूले नहरको प्रयोग गर्छन् । अमेरिकाले २० औं शताब्दीको प्रारम्भमा नहर निर्माण गरेको थियो ।

तर वर्षौंको विरोधपछि राष्ट्रपति जिमी कार्टरले १९७७ मा पनामासँग सन्धीमा गरेको हस्ताक्षरपछि नहरलाई हस्तान्तरण गर्ने प्रकृया सुरु भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com