अमेरिकाबाट निष्कासित १०४ भारतीय आप्रवासी स्वदेश फिर्ता


प्रकाशित मिति : माघ २३, २०८१ बुधबार

Guatemalan migrants deported from the United States on a U.S. military plane walk down the runway at the Guatemalan Air Force Base in Guatemala City on January 30, 2025. (Photo by JOHAN ORDONEZ / AFP)

संयुक्त राज्य अमेरिकाबाट निष्कासित १०४ जना भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान बुधबार भारत आइपुगेको छ। स्थानीय मिडियाहरूका अनुसार, उत्तरी भारतीय सहर अमृतसरस्थित विमानस्थलमा अमेरिकी सैन्य विमान अवतरण गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि हजारौँ कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन्। तीमध्ये केहीलाई अपराधका आरोपमा समेत कारबाही गरिएको छ।

ट्रम्प प्रशासनका आप्रवासन सुधारसम्बन्धी कार्यकारी आदेशहरूले अनुमानित १ करोड १० लाख कागजातविहीन आप्रवासीलाई असर गर्ने बताइएको छ। नयाँदिल्ली र वासिङ्टन दुवैले यस विषयमा औपचारिक टिप्पणी गरेका छैनन्। तर भारतस्थित अमेरिकी दूतावासका प्रवक्ताले अमेरिकी सरकार गैरकानूनी आप्रवासन रोक्न प्रतिबद्ध रहेको बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com