अमेरिका जाँदै जापानका प्रधानमन्त्री, राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यसूची


प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

COMBO-JAPAN-US-DIPLOMACY

जापानका प्रधानमन्त्री शिगेरु इसिबा संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् । जापान सरकारका शीर्ष प्रवक्ता योशिमासा हयासीले मङ्गलबार दिएको जानकारीअनुसार इसिबाले फेब्रुअरी ६ देखि ८ (बिहीबारदेखि शनिबार) सम्म अमेरिकाको भ्रमण गर्नेछन्। वासिङ्गटन डिसीमा हुने जापान-अमेरिका शिखर बैठकमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा छलफल हुनेछ।

निक्केई व्यापार दैनिकका अनुसार इसिबाले अमेरिकी शेल ग्यासको आयात बढाउने विषयमा ट्रम्पसँग छलफल गर्ने योजना बनाएका छन्, जसले राष्ट्रपति ट्रम्पको ‘ड्रिल, बेबी, ड्रिल’ प्रतिज्ञासँग मेल खान्छ। इसिबाले यसअघि नोभेम्बरमा ट्रम्पसँग छोटो टेलिफोन वार्ता गरेका थिए भने जनवरीमा भेट्ने प्रयास असफल भएको बताइएको छ।

यसअघि, डिसेम्बरमा ट्रम्पले जापानका दिवंगत प्रधानमन्त्री शिन्जो आबेकी पत्नी आकिए आबेलाई फ्लोरिडास्थित आफ्नो निवासमा मेलानिया ट्रम्पसँग डिनरका लागि निमन्त्रणा गरेका थिए।

गत हप्ता इसिबाले क्षेत्रीय स्थिरताको महत्त्वलाई जोड दिँदै जापान-अमेरिका गठबन्धनलाई अझ मजबुत बनाउनुपर्ने बताएका थिए। संसदलाई सम्बोधन गर्दै उनले भने, “यस क्षेत्रमा शक्तिको सन्तुलनमा ऐतिहासिक परिवर्तन आएको छ, र हामीले जापान-अमेरिका सहयोगलाई अझ गहिरो बनाउनुपर्छ।” चीनको सैन्य विस्तार र ट्रम्प प्रशासनको ‘अमेरिका फर्स्ट’ नीतिले जापान जस्ता सहयोगी राष्ट्रहरूलाई रक्षा खर्चको ठूलो हिस्सा बेहोर्नुपर्ने सम्भावना रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापान र अमेरिका प्रमुख रक्षा साझेदार मात्र नभई एकअर्काका ठूला विदेशी लगानीकर्ता पनि हुन्। डिसेम्बरमा जापानी प्रविधि लगानीकर्ता सफ्टब्यांकका प्रमुख मासायोशी सनले ट्रम्पसँग संयुक्त राज्य अमेरिकामा एक खर्ब डलरको लगानी घोषणा गरेका थिए।

सफ्टब्यांकले हालै क्लाउड प्रविधि कम्पनी ओराकल र एआई कम्पनी ओपनएआईसँग मिलेर संयुक्त राज्य अमेरिकामा एआई पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको ‘स्टारगेट’ परियोजना घोषणा गरेको छ। सोमबार साँझ सन र ओपनएआईका प्रमुख साम अल्टम्यानले इसिबासँग भेटेर जापानमा ‘स्टारगेट’ परियोजना विस्तार गर्नेबारे छलफल गरेका छन्। सनले पत्रकारहरूलाई भने, “हामी विश्वकै सबैभन्दा ठूलो, अत्याधुनिक एआई डाटा केन्द्रहरू निर्माण गर्न चाहन्छौँ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com