Follow @khasokhasmag

कांग्रेस–एमाले कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

धनुषा, १ असोज । गएराती धनुषाको नगराइन नगपालिका–८ अकौरामा नेपाली काङ्ग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

शनिबार राती करिब साढे ११ बजेको समयमा चुनावी विषयलाई लिएर भएको विवाद उग्र रुप लिइ झडप भएको हो ।

झडपमा एमालेका स्थानीय २१ बर्षका इन्द्र कुमार पासवान र ४३बर्ष अर्बिन्द्र पासवान घाइते भएका छ्न । दुबैजना को उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

घाइते अर्बिन्द्रका अनुसार, काङ्ग्रेसका महेन्द्र यादव र काशिन्द्र यादवले कुटपिट गरेको छ । उनले काङ्ग्रेसका कार्यकर्ताहरु मतदाताहरुलाई पैसा बितरण गर्न आएको बेला रोक्न खोज्दा बिवाद भएको बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रबिन धितालले व्यक्तिगत रिसबीका कारणले विवाद भएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com