कालोपत्र गरिदैछ बेनी-जोमसोम सडक


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको स्तरवृद्धि हुन थालेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनीदेखि जोमसोमसम्मको ७६ किमी दूरीको सडकमा कालोपत्र गर्न थालेको हो । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरु कार्यक्षेत्रमा परिचालन भएर प्रारम्भिक चरणको काम शुरु गरेका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख सुवेदीका अनुसार उक्त सडकको चार खण्डका लागि छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको र त्यसका लागि रु तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो । विसं २०६४ मा नेपाली सेनाले बाटो खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक हाल कच्ची अवस्थामा छ । आगामी २०७६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेली ब्रिजलाई विस्थापित गरेर मोटर चल्ने पुल निर्माण गरिने भएको छ । बेनी–घाँसा खण्डका दुईवटा खण्ड र घाँसा–जोमसोमको एउटा खण्डको ठेक्का शर्मायुनाइटेड जेभीले लिएको छ ।

घाँसा–जोमसोम एउटा खण्ड र अर्को एउटा खण्डको काम गर्ने ठेक्का पप्पुतामाङकोशीन्यौपाने जेभीले लिएको छ । चारवटै खण्डमा प्रारम्भिक चरणमा सडक फराकिलो बनाउने काम शुरु गभएको आयोजनाका इञ्जिनियर प्रदीप निरौलाले बताउनुभयो ।
उहाँका अनुसार नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गतको म्याग्दी र मुस्ताङ क्षेत्रमा काम गर्न सञ्चालित आयोजनामार्फत गत पुसदेखि शुरु भएको ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि योजनाको हालसम्म ३५ प्रतिशत काम सकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोमसोमदेखि कोरलासम्मको सडकलाई सातवटा प्याकेजमा बाँडेर ११ मिटर फराकिलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने काम तीव्र बनाइएको छ । यो सडकलाई प्रदेश नं ४ को ‘भाग्यरेखा’ मानिएको छ । सडकका कारण पूर्वाधार विकासका साथै आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताउनुभयो ।

कोरला नाका सञ्चालनबाट आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com