विश्वकर्मा पूजा गरिदै


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

निर्माण एवं सिर्जनका देउता विश्वकर्माको आज मोरङमा धार्मिकरुपमा पूजापाठ भइरहेको छ ।

यस पर्वका अवसरमा विभिन्न उद्योग, कलकारखानामा विशेषरुपमा औजार र मेशिनको पूजा गरिन्छ । व्यापारमा उन्नति र पारिवारिक सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सुनसरी मोरङस्थित विभिन्न उद्योग, गाडीका ग्यारेज, हार्डवेयरका पसल, सवारीसाधनका साथै पसलमा पनि पूजापाठ भइरहेको छ ।

पूजा शुरु गर्नुअगावै मेशिनरी, सवारीसाधनलगायतको राम्रोसँग सरसफाइ गरेपछि मात्र पूजा शुरु गरिएको हो ।

धार्मिक मान्यताअनुसार भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाउनुपर्ने भनिए पनि नेपालमा असोज १ गतेका दिन यो पर्व मनाउने गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो पूजाका लागि विभिन्न उद्योगलगायतमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिन्छ ।

Related image

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com