विश्वकर्मा पूजा गरिदै
प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार
निर्माण एवं सिर्जनका देउता विश्वकर्माको आज मोरङमा धार्मिकरुपमा पूजापाठ भइरहेको छ ।
यस पर्वका अवसरमा विभिन्न उद्योग, कलकारखानामा विशेषरुपमा औजार र मेशिनको पूजा गरिन्छ । व्यापारमा उन्नति र पारिवारिक सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सुनसरी मोरङस्थित विभिन्न उद्योग, गाडीका ग्यारेज, हार्डवेयरका पसल, सवारीसाधनका साथै पसलमा पनि पूजापाठ भइरहेको छ ।
पूजा शुरु गर्नुअगावै मेशिनरी, सवारीसाधनलगायतको राम्रोसँग सरसफाइ गरेपछि मात्र पूजा शुरु गरिएको हो ।
धार्मिक मान्यताअनुसार भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाउनुपर्ने भनिए पनि नेपालमा असोज १ गतेका दिन यो पर्व मनाउने गरिन्छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
सो पूजाका लागि विभिन्न उद्योगलगायतमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिन्छ ।







