कछुवा मरेपछि बंगलादेशमा अनुसन्धान चल्दै, कछुवा नरहे माछापनि संकटमा पर्ने


प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान भइरहेको छ । बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला परेका ८० भन्दा बढी कछुवाको मृत्युको अनुसन्धान गरिरहेको सरकारी समुद्री अनुसन्धान संस्थानले बताएको छ ।

ओलिभ रिडले समुद्री कछुवा तुलनात्मक रूपमा सानो र प्रचुर प्रजाति हो । यो विश्वभरको उष्णकटिबन्धीय पानीमा पाइन्छ ।

यो जङ्गलमा ५० वर्षसम्म बाँच्न सक्छ । तर तिनीहरूको सङ्ख्या घट्दै गएको छ । यस महिनाको सुरुमा नजिकैको दक्षिण भारतमा समेत यिनीहरूको सामूहिक मृत्यु भएको थियो ।

तटमा फेला परेका कछुवामध्ये ८० प्रतिशतभन्दा बढी फुल पार्न किनारमा आएका बङ्गलादेश समुद्रशास्त्र अनुसन्धान संस्थानका मोहम्मद शिमुल भुइयाँले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कछुवाहरू सास फेर्न पानीमा तैरन्छन् तर एकचोटि तिनीहरू माछा मार्ने जालमा फसेपछि तिनीहरू धेरै लामो समयसम्म पानीमुनि रहन्छन् ।

बङ्गलादेश मरिन फिसरिज एसोसिएसनका आबिद हुसेनले कछुवाको सङ्ख्यामा आएको कमीले स्थानीय समुद्री पारिस्थितिकी प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम रहेको बताए ।

गत वर्ष समुद्री पानीमा जेलिफिसको वृद्धिका कारण समुद्री माछाको उत्पादन आधा भएको थियो ।

कछुवाहरूले जेलिफिस खान्छन्, जसले माछाका लार्भाहरूलाई बाँच्न मद्दत गर्छ । माछाको भण्डार टिकाउने हो भने कछुवाहरूलाई बचाउनुपर्छ अनुसन्धानकर्ताहरुले बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com