संघीय आयकर खारेज गर्ने ट्रम्पको प्रस्ताव, सट्टामा अमेरिका आउने सामानमा चर्को शुल्क?


प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

President Donald Trump speaks at the 2025 House Republican Members Conference Dinner at Trump National Doral Miami in Doral, Fla., Monday, Jan. 27, 2025. (AP Photo/Mark Schiefelbein)

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रिपब्लिकन सहयोगीहरूसमक्ष एक ऐतिहासिक र विवादास्पद प्रस्ताव पेश गर्दै संघीय आयकर पूर्ण रूपमा खारेज गर्ने विचार सार्वजनिक गरेका छन्।

फ्लोरिडाको डोरलमा आयोजित  सम्मेलनमा ट्रम्पले भने, “हामीसँग आयकर थिएन। आयकर १९१३ मा आयो। मैले गत हप्ता आफ्नो भाषणमा भनेझैं विदेशी राष्ट्रहरूलाई समृद्ध गर्न हामी नागरिकहरूलाई कर लगाउनुको सट्टा, हामीले विदेशी राष्ट्रहरूबाट ट्यारिफ र कर लगाएर हाम्रा नागरिकहरूलाई समृद्ध गर्नुपर्छ।”

उनले थपे, “अमेरिकालाई त्यो प्रणालीमा फर्काउनु पर्छ जसले हामीलाई अझ धनी र शक्तिशाली बनायो। तपाईंलाई थाहा छ, १८७० देखि १९१३ सम्म  अमेरिकामा सबै ट्यारिफ थिए। र त्यो संयुक्त राज्य अमेरिकाको इतिहासको सबैभन्दा धनी अवधि थियो।”

पहिलो संघीय आयकर १९१३ फेब्रुअरी २५ मा १६औं संशोधनको भागको रूपमा पारित भएको थियो। यसले संसदलाईलाई कर्पोरेट र व्यक्तिगत आयमा कर लगाउने संवैधानिक अधिकार दिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२३ को कर वर्षमा ४.९२ ट्रिलियन डलर संघीय आयकर बन्दोबस्त भएको थियो। तर ट्रम्पले ट्यारिफबाट राजस्व संकलन गर्न नयाँ “बाह्य राजस्व सेवा” स्थापना गर्ने योजना बनाएका छन्। अर्थशास्त्रीहरू र बजार विशेषज्ञहरू यस विषयमा मिश्रित प्रतिक्रिया दिँदै छन्। केहीले यसलाई अस्वीकार गर्दै भनेका छन् कि ट्यारिफको मुख्य भार विदेशी कम्पनीहरूको सट्टा अमेरिकी आयातकर्ताहरूले बोक्नुपर्छ।

ट्यारिफको विषयमा ट्याक्स फाउन्डेशनको उपाध्यक्ष एरिका योर्कले भनेकी थिइन्, “ट्यारिफ बाह्य राजस्व होइन; यो अमेरिकी आयातकर्ताहरूमा लाग्ने कर हो जसले अमेरिकी अर्थतन्त्र र आयलाई घटाउँछ। उच्च ट्यारिफले अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्छ र अन्यत्र कर कटौतीको लाभलाई खतरामा पार्न सक्छ। यसलाई कर राजस्वको प्रमुख स्रोतको रूपमा भर पर्नु हुँदैन।”

स्लेटस्टोन वेल्थका मुख्य बजार रणनीतिकार केनी पोल्कारीले भने, “आयकर खारेज गर्ने वा यसलाई पुन: परिभाषित गर्ने र १०% ट्यारिफ कर लागू गर्ने र अमेरिकीहरूलाई आयकर छुट दिने यो सम्पूर्ण विचारले उनीहरूलाई अझ धेरै काम गर्न प्रोत्साहित गर्छ,  उनीहरूलाई अझ धेरै खर्च गर्न प्रोत्साहित गर्छ।”

ट्रम्पका वरिष्ठ सल्लाहकार पिटर नभारोले टिकटकको विवाद र अमेरिकामा ‘समृद्धि’ ल्याउने विषयमा ‘द क्लामन काउन्टडाउन’मा छलफल गरेका थिए । उनले भने, “ट्यारिफ कर कटौती हो।”

ट्रम्पले आफ्नो प्रचार अभियानमा १०% वा २०% को सर्वव्यापी ट्यारिफ लगाउने र चीनबाट आयात हुने सामानमा ६०% को ठूलो ट्यारिफ लगाउने योजना बताएका थिए। उनले क्यानाडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% ट्यारिफ लगाउने धम्की पनि दिएका थिए। यी दुबै देशहरू यूएस-मेक्सिको-क्यानाडा सम्झौता (यूएसएमसीए) का सदस्य हुन्, जुन ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर अमेरिकी मुक्त व्यापार सम्झौता (नाफ्टा) को उत्तराधिकारीको रूपमा सम्झौता गरेका थिए।

बाइडेन प्रशासनले नियुक्त गरेका लगभग ९०,००० आईआरएस एजेन्टहरूलाई सीमामा पठाउने विचार ट्रम्पले हालै उठाएका थिए। २०२२ मा डेमोक्र्याटहरूले आईआरएसलाई ८० बिलियन डलर कोष दिन मतदान गरेका थिए, जसमा १० वर्षको अवधिमा लगभग ८७,००० नयाँ एजेन्टहरू भर्ती गर्ने योजना समावेश थियो। यो मुद्रास्फीति न्यूनीकरण ऐनको भाग थियो। राष्ट्रपति जो बाइडेनले त्यस वर्ष यो कानूनलाई हस्ताक्षर गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com