संघीय अनुदानमाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेशलाई न्यायाधीशले रोके
प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार
President Donald Trump speaks in the Roosevelt Room of the White House, Tuesday, Jan. 21, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)
राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदानमाथि लगाएको प्रतिबन्धलाई अस्थायी रुपमा रोक लागेको छ । यो आदेशलाई अस्थायी रूपमा रोक्ने निर्णय एक अमेरिकी न्यायाधीशले दिएका छन् ।
संघीय अनुदान र ऋणको लागि सयौं अर्ब डलर जफत गर्नुपर्ने आदेश थियो । यो आदेश मंगलबार कार्यान्वयनमा आउनुअघि न्यायाधीश लोरेन अलीखानले उक्त योजना सोमबारसम्मका लागि रोक्न आदेश दिएकी हुन ।
जज अलीखानको आदेश अनुदान प्राप्त गर्ने संघहरूको समूहद्वारा दायर गरिएको मुद्दामा आधारित थियो ।
आदेश कार्यान्वयनमा आउने केही घण्टाअघि कुन एजेन्सी र कार्यक्रमहरू प्रभावित हुने भन्ने बारे भ्रम रहेको थियो ।
राष्ट्रपति भवनको बजेट कार्यालयका कार्यवाहक प्रमुखले एजेन्सीहरूलाई सबै संघीय वित्तीय सहायता सम्बन्धी दायित्व वा वितरणको गतिविधिहरू अस्थायी रूपमा रोक्न निर्देशन दिएका थिए।
यो कदम नयाँ प्रशासनलाई आफ्नो एजेन्डासँग मेल खाने अनुदान र ऋणहरूको मूल्याङ्कन गर्नको लागि समय दिने उद्देश्यले लिइएको भनिएको छ ।
राष्ट्रपति भवनका प्रेस सचिव क्यारोलिन लेभिटले भने कि ट्रम्पको यो योजना अमेरिकी सरकारको अनुदान रोक्ने उद्देश्य करदाता रकमको राम्रो प्रबन्धन गर्नका लागि मात्रै भएका बताए ।
जज अलीखानले स्थिति सामान्य राख्नका लागि अस्थायी रूपमा रोक आदेश दिएको बताइन ।
राष्ट्रपति भवनको निर्देशनले आपतकालीन राहतदेखि क्यान्सर अनुसन्धानसम्मका संघीय कार्यक्रमहरूको लागि लक्षित अरबौं डलरलाई प्रभावित पार्न सक्ने अबस्था रहेको थियो ।






