अमेरिकी सेना सम्बन्धि कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पद्धारा हस्ताक्षर, सेनामा भर्ती स्तर सुधारहुने अपेक्षा


प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार

President Donald Trump signs an executive order as he attends an indoor Presidential Inauguration parade event at Capital One Arena, Monday, Jan. 20, 2025, in Washington. (AP Photo/Evan Vucci)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य नीति पुनःआकार दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन । ट्रम्पले अमेरिकी सैन्य नीति पुनःआकार दिन केन्द्रित केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका बताइएको छ ।

सोमबार अबेर हस्ताक्षर गरिएको एउटा आदेशले सेना, रक्षा मन्त्रालय र होमल्याण्ड सेक्युरिटी विभागमा विविधता, समानता र समावेश सम्बन्धी कार्यक्रमहरू प्रतिबन्धित गरेको छ । यसले जाति वा लिङ्गको आधारमा प्राथमिकता दिने अभ्यासलाई हटाउनेछ ।

अर्को आदेशले ८,००० भन्दा बढी सदस्यहरूलाई पुनर्स्थापित गर्नेछ । जसले कोभिड १९ खोप लगाउन अस्वीकार गरेका कारण सेवाबाट हटाइनु परेको थियो ।

व्हाइट हाउसका अनुसार तेस्रो कार्यकारी आदेशले ट्रान्सजेन्डर सैनिकहरूसम्बन्धी नीति निर्माण गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ । यो आदेशले ट्रान्सजेन्डर सैनिकहरूलाई तत्काल प्रतिबन्ध लगाउने छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चौथो आदेशले इजरायलको ‘आयरन डोम’ जस्तै अमेरिकी रक्षा प्रणाली विकास गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । यी कार्यकारी आदेशहरू ट्रम्पले एयर फोर्स वनमा हस्ताक्षर गरेका थिए ।

संघीय सरकारभित्रका विविधता, समानता र समावेश ९म्भ्क्ष्० कार्यक्रमहरू हटाउनु ट्रम्पको मुख्य चुनावी वाचा थियो । कार्यालय सम्हालेको केही दिनमै उनले यो कार्यान्वयन गर्न थालिसकेका छन् ।

ट्रम्प प्रशासनले अमेरिकी सेनाबाट यी कार्यक्रमहरू हटाउँदा भर्ती स्तर सुधार गर्न सहयोग पुग्ने दाबी गरेको छ ।

भर्तीको चुनौती

सैन्य अधिकारीहरूले भनेका छन् कि आर्थिक वर्ष २०२३ मा सेना भर्ती लक्ष्यभन्दा ४१,००० जना कम भएको छ ।

रक्षा मन्त्री पिट हेगसेथले सैन्य प्रशिक्षणलाई युद्ध जित्न र तयारी गर्न केन्द्रित बनाउने बताएका छन् । सेनाहरूलाई शत्रुहरूलाई पराजित गर्न आवश्यक तयारी गराउनमात्र प्रशिक्षण केन्द्रित हुनेछ उनले भने।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com