अमेरिकाबाट निष्कासित आप्रवासीहरूलाई कोलम्बियाले स्वीकार गर्ने सहमति


प्रकाशित मिति : माघ १४, २०८१ सोमबार

Trump

अमेरिकाले कोलम्बियामाथि शुल्क लगाउने योजना रोकेको छ । अमेरिकाबाट निष्कासित आप्रवासीहरूलाई बिना रोकटोक कोलम्बियाले स्वीकार गर्ने सहमति भएपछि शुल्क लगाउने योजना अमेरिकाले रोकेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार दुई अमेरिकी सैन्य डिपोर्टेशन फ्लाइटलाई कोलम्बियामा अवतरण गर्न प्रतिबन्ध लगाएपछि कोलम्बियाली वस्तुहरूमा २५ प्रतिशत शुल्क लगाउने आदेश दिएका थिए ।

ह्वाइट हाउसको विज्ञप्ति अनुसार कोलम्बियाले अब अमेरिकी सैन्य विमानहरूमा आएका आप्रवासीहरूलाई बिना कुनै सीमा र ढिलाइ स्वीकार गर्ने सहमति गरेको छ ।

कोलम्बियाले भने अमेरिकाले आफ्ना नागरिकहरूलाई सम्मानजनक रूपमा फिर्ता पठाउने सहमति जनाएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य डिपोर्टेशन फ्लाइटलाई देशमा प्रवेश गर्न रोक लगाउँदै, आप्रवासीहरूलाई सम्मान र मर्यादाका साथ फिर्ता पठाइनु पर्ने बताएका थिए।

यसको जवाफमा, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल त्चगतज क्यअष्ब िमा तत्काल शुल्क र भिसा प्रतिबन्धहरूको योजना सार्वजनिक गरेका थिए ।

कोलम्बियाले राष्ट्रपति ट्रम्पका सबै मागहरू मान्न सहमति गरेको अमेरिकाले बताएको छ ।

ह्वाइट हाउसका अनुसार ट्रम्पद्वारा प्रस्तावित शुल्क पूर्ण रूपमा तयार भइसकेको छ । यदि कोलम्बियाले सम्झौताका शर्तहरू पूरा नगरेमा अमेरिकाले प्रस्ताव गरेका शुल्क लागू गर्ने बताएको छ ।

ट्रम्पले भिसा प्रतिबन्ध र कोलम्बियालीहरूमाथि सीमा निरीक्षणका क्रममा कडाइ गर्ने घोषणा पनि गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com