अमेरिकाबाट निष्कासित आप्रवासीहरूलाई कोलम्बियाले स्वीकार गर्ने सहमति


प्रकाशित मिति : माघ १४, २०८१ सोमबार

Trump

अमेरिकाले कोलम्बियामाथि शुल्क लगाउने योजना रोकेको छ । अमेरिकाबाट निष्कासित आप्रवासीहरूलाई बिना रोकटोक कोलम्बियाले स्वीकार गर्ने सहमति भएपछि शुल्क लगाउने योजना अमेरिकाले रोकेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार दुई अमेरिकी सैन्य डिपोर्टेशन फ्लाइटलाई कोलम्बियामा अवतरण गर्न प्रतिबन्ध लगाएपछि कोलम्बियाली वस्तुहरूमा २५ प्रतिशत शुल्क लगाउने आदेश दिएका थिए ।

ह्वाइट हाउसको विज्ञप्ति अनुसार कोलम्बियाले अब अमेरिकी सैन्य विमानहरूमा आएका आप्रवासीहरूलाई बिना कुनै सीमा र ढिलाइ स्वीकार गर्ने सहमति गरेको छ ।

कोलम्बियाले भने अमेरिकाले आफ्ना नागरिकहरूलाई सम्मानजनक रूपमा फिर्ता पठाउने सहमति जनाएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य डिपोर्टेशन फ्लाइटलाई देशमा प्रवेश गर्न रोक लगाउँदै, आप्रवासीहरूलाई सम्मान र मर्यादाका साथ फिर्ता पठाइनु पर्ने बताएका थिए।

यसको जवाफमा, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल त्चगतज क्यअष्ब िमा तत्काल शुल्क र भिसा प्रतिबन्धहरूको योजना सार्वजनिक गरेका थिए ।

कोलम्बियाले राष्ट्रपति ट्रम्पका सबै मागहरू मान्न सहमति गरेको अमेरिकाले बताएको छ ।

ह्वाइट हाउसका अनुसार ट्रम्पद्वारा प्रस्तावित शुल्क पूर्ण रूपमा तयार भइसकेको छ । यदि कोलम्बियाले सम्झौताका शर्तहरू पूरा नगरेमा अमेरिकाले प्रस्ताव गरेका शुल्क लागू गर्ने बताएको छ ।

ट्रम्पले भिसा प्रतिबन्ध र कोलम्बियालीहरूमाथि सीमा निरीक्षणका क्रममा कडाइ गर्ने घोषणा पनि गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com