लस एन्जलसको उत्तरमा भीषण डढेलो : ५० हजार बढीलाई ठाउँ छाड्न आदेश
प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार
CASTAIC, CALIFORNIA – JANUARY 22: A firefighting helicopter drops water as the Hughes Fire burns north of Los Angeles on January 22, 2025 near Castaic, California. The fire is prompting mandatory evacuations little more than two weeks after the Eaton and Palisades Fires. Mario Tama/Getty Images/AFP (Photo by MARIO TAMA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
उत्तरी लस एन्जलसका विशाल पहाडहरूमा फैलिएको तीव्र र ठूलो डढेलो नियन्त्रणमा राख्न दमकलकर्मीहरूले संघर्ष गरिरहेका छन्। बुधबार बिहान सुरु भएको ह्युजेस डढेलोले १६ वर्ग माइल (४१ वर्ग किलोमिटर) खरानी बनेको छ । डढेलोको कारण ५० हजार भन्दा बढी मानिसहरूलाई स्थान खाली गर्न आदेश दिइएको छ ।
डढेलो प्रभावित क्षेत्र क्यास्टाइक ताल नजिक पर्छ, जुन एउटा लोकप्रिय मनोरञ्जन स्थल हो। यो क्षेत्रमा रेड फ्ल्याग चेतावनी जारी भए पनि हावा कमजोर रहेकोले दमकल विमानहरूले हजारौं ग्यालन आगो नियन्त्रणको लागि फायर रिटार्डन्ट पदार्थ खसाल्न सफल भएका छन्।
यसैबीच, पालिसेड्स र इटन डढेलोहरूले जनवरी ७ देखि अहिलेसम्म २८ जनाको ज्यान लिइसकेका छन् र १४,००० भन्दा बढी संरचनाहरू ध्वस्त गरिसकेका छन्। क्यालिफोर्नियाको डढेलोहरूले कम्तीमा २८ अर्ब डलरको बीमित क्षति पुर्याएको छ भने बीमा नगरिएका क्षतिहरू यसभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। यो तथ्यांक विपत्ति मूल्याङ्कन गर्ने कम्पनी करेन क्लार्क एण्ड कम्पनीले सार्वजनिक गरेको हो।







