Follow @khasokhasmag

क्षेप्यास्त्र परीक्षणको कडा निन्दा


प्रकाशित मिति : भाद्र ३१, २०७४ शनिबार

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ‘अति उक्साहटपूर्ण’ कार्य भन्दै उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गरेको छ।

राष्ट्रसंघको आकस्मिक बैठकपछि उसले तत्कालका लागि उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध चाहिँ नलगाइने जनाएको छ।

उत्तर कोरियाले एक महिनाभित्र जापानी आकाशमा दुई पटक क्षेस्यास्त्र प्रहार गरेको छ।

शुक्रवार मात्रै उत्तरी जापानको हकाइदो टापुको आकाशमा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको प्योङयाङले त्यसअघि गत अगस्टको अन्तिम हप्तातिर पहिलो क्षेप्यास्त्र प्रहार गरेको थियो।

जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

के किम जङ-उनको हत्या गर्न खोजिएको हो?

अन्तिम लक्ष्य

उत्तर कोरियाली समाचार संस्थाका अनुसार नेता किम जड-उनको अन्तिम लक्ष्य संयुक्त राज्य अमेरिकासरह हैसियत बनाउने रहेको छ ताकि ‘अमेरिकाले सैन्य विकल्पबारे कुरा गर्ने दुस्साहस नगरोस्’।

क्षेप्यास्त्र

किमले भनेका छन्, “हामीले ठूलो शक्तिशाली भएको देखाउनेहरुलाई स्पष्ट रुपमा देखाइदिनुपर्छ कि असीमित प्रतिबन्ध तथा नाकाबन्दीका बावजुद हाम्रो देशले पारमाणविक शक्ति हासिल गर्ने लक्ष्य कसरी प्राप्त गर्छ।”

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?

यसअघि अमेरिकाले उत्तर कोरियाविरुद्ध हाल लगाइएका प्रतिबन्धहरुले काम नगरे सैनिक कारबाही गर्न सकिने प्योङयाङलाई चेतावनी दिएको थियो।

शुक्रवार बिहानै उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र हकाइदो टापुको आकाश हुँदै ३,७०० किलोमिटरको दूरी तय गरेको थियो।

अवलोकन

त्यसअघि गत अगस्ट २९ तारिखमा परीक्षण गरिएको क्षेप्यास्त्रले ३,००० किलोमिटरको दूरी तय गरेको थियो।

शुक्रवार गरिएको क्षेप्यास्त्र परीक्षणको किमले व्यक्तिगत रुपमा अवलोकन गरेका थिए।

उक्त क्षेप्यास्त्रले अमेरिकाको गुआम टापुसम्म मार हान्न सक्ने बताइएको छ।

विज्ञहरुका अनुसार उत्तर कोरियाले परीक्षण गरेका बलेस्टिक क्षेप्यास्त्रहरुमध्ये त्यसले सबैभन्दा बढी दूरी तय गरेको थियो।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com