अमेरिकी विदेश मन्त्री रुबियो र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

अमेरिकी विदेश मन्त्री मार्को रुबियो र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा भारत र अमेरिकाबिचको भएको यो पहिलो द्विपक्षीय वार्ता हो ।

भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत अमेरिकी नयाँ विदेश मन्त्री रुबियोसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले दुई देशबिचको आपसी साझेदारीको बारेमा छलफल गरिएको समेत जानकारी गराएका छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकरले एक्समा लेखेका छन्, ‘मार्को रुबियोले अमेरिकी विदेश मन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि भेट्न पाउँदा खुसी लाग्यो। हामीले दुई देशबिचको आपसी साझेदारीको बारेमा छलफल गर्‍यौँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त भेटघाटमा क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा आफ्नो विचार शेयर गरेको समेत उनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com