अमेरिकी विदेश मन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता, मिलेर काम गर्ने प्रतिबद्धता


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

US-JAPAN-POLITICS-DIPLOMACY

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्रका लागि एसियामा जापान, भारत र अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणको एक दिनपछि रुबियोले वासिङ्टनमा क्वाड समूहका आफ्ना समकक्षी मुलुकका कुटनीतिज्ञहरूसँगको भेटमा उक्त कुरा बताएका हुन् ।

रुबियो र उनका समकक्षीहरूले एक संयुक्त वक्तव्यमा ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्र बनाउनका लागि काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

वक्तव्यमा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ आक्रामकताप्रति सङ्केत गर्दै यसको विरुद्धमा सहयोगी मुलुकहरूबीच सहकार्य हुने उल्लेख गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चारै मुलुकका कुटनीतिज्ञले विधिको शासन, लोकतान्त्रिक मूल्यमान्यता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षाका लागि सहकार्य गर्ने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “बल प्रयोगद्वारा यथास्थितिलाई परिवर्तन गर्न खोज्ने कुनै पनि एकपक्षीय कार्यको पनि हामी कडा विरोध गर्दछौं ।”

विदेशमन्त्रीहरूको भेटवार्तामा यस वर्ष भारतमा क्वाड शिखर सम्मेलन आयोजना गर्न काम गर्ने बिषयमा पनि छलफल भएको थियो ।

यसको अर्थ ट्रम्पले बढ्दो अमेरिकी साझेदारको प्रारम्भिक भ्रमणका रूपमा उक्त सम्मेलनमा सहभागिता जनाउन भारत भ्रमण गर्ने सङ्केत गरिएको छ । क्वाड समूहलाई प्रायः वासिङ्टनमा चीनविरुद्धको सुरक्षाकवचको रूपमा हेरिन्छ ।

उक्त अवसरमा विदेशमन्त्री रुबियोले प्रत्येक देशका समकक्षी मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरेका थिए ।

जापानी विदेशमन्त्री ताकेशी इवायासँग रुबियोले उत्तर कोरिया र चीनको गतिविधिबारे संयुक्त प्रयासका लागि गर्न सकिने पहलबारे छलफल गरेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com