फेब्रुअरी १ बाटै चिनियाँ सामानको आयातमा १० प्रतिशत शुल्क लगाउनसक्ने राष्ट्रपति ट्रम्पको संकेत


प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ फेब्रुअरीबाटै चिनियाँ सामानको आयातमा १० प्रतिशत शुल्क लगाइने संभावना रहेको बताएका छन । यो विषयमा विचार गरिरहेको उनले जनाउ दिएका छन ।

ट्रम्पले आफ्नो प्रशासनसँगको छलफलको आधार भनेको ‘फेन्टानिल मेक्सिको र क्यानडामा पठाइरहेको भन्ने तथ्य’ रहेको बताएका हुन ।

यसअघि ट्रम्पले मेक्सिको र क्यानडाबाट अमेरिका प्रवेश गर्ने अवैध आप्रवासी र लागूपदार्थलाई लिएर २५ प्रतिशत आयात कर लगाउने धम्की दिएका थिए।

वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली युनियनलाई पनि शुल्कको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘चीन दुरुपयोगकर्ता हो, तर युरोपेली युनियनले पनि अमेरिकासँग धेरै खराब व्यवहार गर्छ’ उनले भने ।

अमेरिकालाई न्याय दिलाउने एकमात्र उपाय भनेको युरोपेली युनियनलाई पनि शुल्कको दायरमा ल्याउनु भएको उनले भनेका छन ।

सोमबार राष्ट्रपति पदको शपथ लिएलगत्तै, ट्रम्पले संघीय एजेन्सीहरूलाई वर्तमान व्यापार सम्झौताहरूको समीक्षा गर्न र अमेरिकी व्यापार साझेदारहरूले अपनाएका अनुचित व्यवहारहरू पहिचान गर्न निर्देशन दिएका थिए।

चुनावी प्रचारका क्रममा ट्रम्पले चिनियाँ सामानमाथि ६० प्रतिशत सम्म शुल्क लगाउने वाचा गरेका थिए । क्यानडा, चीन र मेक्सिको अमेरिकाका ठूला व्यापार साझेदार हुन् ।

शुल्क ट्रम्पको आर्थिक योजनाको महत्त्वपूर्ण हिस्सा हो । ट्रम्पका अनुसार यसले आर्थिक वृद्धिमा योगदान, रोजगारीको सुरक्षा र राजस्व वृद्धि गर्न सक्छ।

तर, धेरै अर्थशास्त्रीहरूले यस्ता कदमले अमेरिकी उपभोक्ताका लागि सामानको मूल्य वृद्धि गर्ने बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com