इजरायली रक्षा बलका प्रमुख हेलेवीद्वारा पदबाट राजीनामा दिने घोषणा


प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हेलेवीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

हेलेवीले अक्टोबर ७ को हमास आक्रमण रोक्न असफल भएको जिम्मेवारी लिँदै आफ्नो कार्यकाल ६ मार्च २०२५ मा समाप्त गर्ने घोषणा गरेका हुन् ।

सेनाले सार्वजनिक गरेको पत्रमा हेलेवीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्री इजरायल काट्जलाई लेखेका छन्, ‘इजरायली रक्षा बलको असफलताको जिम्मेवारी म लिन्छु। यस बेला सेनाले इजरायलको प्रतिरोध र शक्तिलाई पुन:र्स्थापित गर्ने महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि म आफ्नो कार्यकाल समाप्त गर्न चाहन्छु।’

इजरायली रक्षा मन्त्री इजरायल काट्जले हेलेवीलाई २०२३ को अक्टोबर ७ को हमासको आक्रमण रोक्न असफलताको आन्तरिक सैन्य जाँच पूरा गर्न ३० जनवरीको समय सीमा दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेलेवीको राजीनामा अक्टोबर ७ का सुरक्षा असफलतासँग जोडिएको उच्चस्तरीय राजीनामा हो। प्रधानमन्त्री नेतान्याहुले ती असफलताका लागि आफ्नो जिम्मेवारी अस्वीकार गर्दै भनेका छन्, ‘उत्तरदायित्व युद्ध समाप्त भएपछि मात्र आउनेछ।’

प्रधानमन्त्री कार्यालयले एक वक्तव्य जारी गर्दै नेतन्याहुले हेलेवीलाई लामो सेवा र सेनाको नेतृत्वका लागि धन्यवाद दिएको जनाएको छ।

हेलेवीको राजीनामा हमाससँगको युद्ध विराम लागू भएको केही दिनपछि आएको हो। सम्झौताअनुसार, युद्ध स्थायी रूपमा अन्त्य गर्नका लागि वार्ता ४ फेब्रुअरीबाट सुरु हुने छ।

दक्षिण कमान्डका कमान्डिङ अफिसर मेजर जनरल यारोन फिन्केलम्यानले पनि आफ्नो राजीनामा दिएका छन्। उनले भनेका छन्, ‘अक्टोबर ७ मा पश्चिम नेगेभ र यसका प्रिय बासिन्दाहरूको रक्षा गर्न म असफल भएँ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com