टर्कीको एक स्की रिसोर्टमा आगलागी : ६६ जनाको मृत्यु, ५१ बढी घाइते


प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

(SpotNews) TÜRKIYE-BOLU-SKI RESORT-FIRE

टर्कीको एक स्की रिसोर्टमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको छ । यस्तै, ५१ जना बढी घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलुमा रहेको १२ तले ग्राण्ड कार्टेल रिसोर्टमा आगलागी भएको एक अधिकारीले बताए । त्यो समयमा २ सय ३४ जना त्यहाँ बसेका थिए ।

बोलु राजधानी अंकाराबाट १७० किलोमिटर उत्तर पश्चिममा अवस्थित छ ।

बोलुका गभर्नर अब्दुलअजिज अयदिनले प्रारम्भिक अनुसन्धानले आगो चौथो तल्लाको भान्छाबाट सुरु भएको र त्यसपछि माथिल्लो तलामा फैलिएको देखाएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय छ । यस सिजनमा इस्तानबुल र राजधानी अंकाराबाट धेरै मानिसहरू आउँछन्। साथै विद्यालयमा दुई दिन बिदा पनि परेको थियो ।

स्थानीय रिपोर्टका अनुसार अत्यधिक कम तापक्रमका कारण दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com