पहिलो दिन ट्रम्पले के के गरे? ८ ठूला निर्णयहरु


प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

President Donald Trump holds up an executive orders after signing it at an indoor Presidential Inauguration parade event in Washington, Monday, Jan. 20, 2025. (AP Photo/Matt Rourke

राष्ट्रपति ट्रम्पले सोमबार दिउँसो पदको शपथ लिएपछि केही घण्टाभित्रै दर्जनौं कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै लगभग १,६०० क्षमादान जारी गरे, जसअन्तर्गत उनले संघीय सरकारलाई पुनः आकार दिन र आफ्नो अधिकारको सीमालाई परीक्षण गर्न तीव्र रूपमा कदम चालेका छन् ।

उनका निर्णयहरूले अमेरिकाको जीवनका प्रमुख नीतिगत मुद्दाहरू स्वास्थ्य, वातावरण र आप्रवासनलाई छोएको छ भने उनले आगामी दिनहरूमा अन्य महत्त्वपूर्ण परिवर्तन गर्ने वाचा गरेका छन् ।

क्षमादान

उनले जनवरी ६ मा क्यापिलट हिल दंगामा सहभागी भएर हमला गर्ने झण्डै सबै दंगाकारीहरुलाई क्षमादान दिएका छन् । उनले आक्रमणमा संलग्न झण्डै १,६०० मानिसहरूलाई व्यापक रूपमा क्षमादान दिए, जसअन्तर्गत उनले अधिकांश प्रतिवादीहरूलाई पूर्ण क्षमादान र केहीको सजाय घटाउने आदेश दिएका छन् । यीमध्ये धेरैजसोलाई राजद्रोह षड्यन्त्रको अभियोग लागेको थियो। उनले अझै बाँकी अभियोगहरूमाथि अनुसन्धान रोक्न आदेश पनि दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व स्वास्थ्य संगठनबाट फिर्ता

उनले विश्व स्वास्थ्य संगठनबाट अमेरिका फिर्ता गराएका छन् । ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता हुने निर्णय गरेका छन् । जुन कोरोनाभाइरस महामारीको दौरान उक्त संस्थाप्रति उनले बारम्बार गरेको आलोचनासँग मेल खान्छ। सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार यस निर्णयले अमेरिकाको अन्तर्राष्ट्रिय स्वास्थ्य नेतृत्व कमजोर बनाउनेछ र भविष्यका महामारीहरूसँग लड्न गाह्रो बनाउनेछ।

आप्रवासनमा नियन्त्रण

ट्रम्पले आप्रवासनमाथि कडा नियन्त्रण थालनी गरेका छन् । ट्रम्पले हस्ताक्षर गरेका आदेशहरूले आप्रवासन नियन्त्रणका लागि व्यापक नीति लागू गरेका छन्, जसमा सीमा सुरक्षालाई कडा बनाउने तथा देशभित्र रहेका आप्रवासीहरूविरुद्ध कडा कदम चाल्ने निर्णय समावेश छ । यी आदेशहरूमा आपतकालीन राष्ट्रिय स्थिति घोषणा गरी सीमामा सेना परिचालन गर्न तथा गैर नागरिकका सन्तानलाई जन्मसिद्ध नागरिकताको प्रावधान अन्त्यको प्रयास पनि समावेश छ । तर, जन्मसिद्ध नागरिकताको विषयमा संविधानले सुरक्षा प्रदान गर्छ, जसले उनको निर्णयलाई कानुनी चुनौती दिन सक्छ।

टिकटक

ट्रम्पले टिकटक प्रतिबन्धलाई ढिलाइ गर्न खोजेका छन् । ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरी संघीय टिकटक प्रतिबन्धलाई ७५ दिनसम्म कार्यान्वयन नगर्न डिपार्टमेन्ट अफ जस्टिसलाई निर्देशन दिएका छन् । यदि टिकटकको सम्झौता भएमा अमेरिकाले त्यसको आधा हिस्सा पाउनुपर्ने उनले पत्रकारलाई बताएका छन् ।

पेरिस जलवायु सम्झौता

ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका छन् । उनले एक कार्यकारी आदेशमार्फत अमेरिका पेरिस जलवायु सम्झौताबाट फिर्ता हुने निर्णय गरेका छन् । यस कदमपछि अमेरिका केवल चार देशहरूमध्ये एक हुनेछ, जुन सम्झौतामा सहभागी हुने छैन— बाँकी तीन देश हुन् इरान, लिबिया, र यमन।

संघीय जागिरमा रोक

ट्रम्पले संघीय जागिरमा रोक लगाएका छन् । उनले संघीय सरकारभरि जागिर भर्ना रोक्ने आदेश दिएका हुन्, जुन संघीय कार्यबल घटाउने योजनाको अन्तिम समीक्षा नभएसम्म लागू रहनेछ। उनले विशेष रूपमा आईआरएसमाथि ध्यान केन्द्रित गरेका छन्, जसलाई राष्ट्रपति बाइडेनको प्रशासनले ठूलो आर्थिक सहयोग दिएको थियो, र सो संस्थामा रोक अझै लामो समयसम्म रहने ट्रम्पले बताएका छन्।

अधिकारहरू खारेज

ट्रम्पले जातीय समानताको नीति र ट्रान्सजेन्डर अधिकारहरू खारेज गरेका छन् । उनले आफ्नो प्रशासनलाई विविधता, समानता, र समावेशिता प्रवर्द्धन गर्ने संघीय कार्यक्रमहरू समाप्त गर्न निर्देशन दिएका छन् । साथै, उनले ट्रान्सजेन्डर अमेरिकीहरूका सुरक्षासम्बन्धी बाइडेन प्रशासनका नीतिहरू पनि उल्ट्याउन आदेश दिएका छन् ।

करको घोषणा

ट्रम्पले क्यानडा र मेक्सिकोमाथि कर लगाउने घोषणा गरेका छन् । उनले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरूमा २५ प्रतिशत शुल्क लगाउने योजना सार्वजनिक गरेका छन् । उनले यी देशहरूलाई अवैध आप्रवासीहरू र फेन्टानिल लागुऔषध अमेरिका पठाइरहेको आरोप लगाएका छन् । साथै, उनले अन्य सबै आयातहरूमा पनि कर लगाउने सम्भावना रहेको बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com