चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भिडियो वार्ता, के भयो कुराकानी ?


प्रकाशित मिति : माघ ८, २०८१ मंगलबार

Russia China

चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेका छन् ।

सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गरेको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

प्रसारकले वार्तामा के विषयमा छलफल भयो भन्ने बारे तत्काल विवरण दिएको छैन ।

चीनले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, बेइजिङ मस्कोको नजिकको राजनीतिक र आर्थिक साझेदार बनेको छ र युद्धको कहिल्यै निन्दा गरेको छैन । त्यसैले केही नाटो सदस्यहरूले बेइजिङलाई द्वन्द्वको ‘सहजकर्ता’ का रूपमा चित्रण गरेका छन् ।

दुवै पक्षले सी र पुटिनको कथित बलियो व्यक्तिगत सम्बन्धलाई महत्त्व दिएका छन् । सीले रुसी नेतालाई आफ्नो ‘सबैभन्दा राम्रो साथी’ भनेका छन् भने पुटिनले सीलाई ‘भरपर्दो साझेदार’ का रूपमा प्रशंसा गरेका छन् ।

गत महिना पुटिनलाई पठाएको नयाँ वर्षको सन्देशमा सीले ‘विश्व शान्ति र विकास’ लाई बढावा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको सिसिटिभीले जनाएको छ ।

“एक शताब्दीमा नदेखिएको तीव्र परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रुस गुटनिरपेक्षता, गैर–द्वन्द्व र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर अघि बढिरहेका छन्”, प्रसारकले सीलाई उद्धृत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com