एनआरएन अध्यक्ष घले अमेरिकामा


प्रकाशित मिति : भाद्र ३०, २०७४ शुक्रबार

एनआरएन अमेरिकाको विशेष साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन एनआरएनए अध्यक्ष शेष घले अमेरिकामा आएका छन् । एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि रिजनल कोअर्डिनेटर सोनाम लामा, एनआरएन अमेरिकाका नवनिर्वाचित महासचिव बीआर लामा लगायत अन्य पदाधिकारीहरु घलेलाई न्युयोर्क जोन अफ केनेडी विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।

एनआरएन अमेरिकाको विशेष साधारणसभा शनिबार बाल्टिमोरमा हुने भएको छ । संघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिको पदस्थापन, निवर्तमान कार्यसमितिको विदाई तथा विशेष साधारण सभा बाल्टिमोरको शेराटन होटलमा हुदैछ ।

गतवर्षको कार्य विवरणको समीक्षा तथा अन्तराष्ट्रीय समन्वय समितिको विधानसंग एनसीसी युएसएको बिधान समन्वय र समीक्षा सहित आवस्यक परिमार्जन गर्ने लगायतका एजेण्डासहित साधारणसभा हुन लागेको कन्भेनर रविना थापाले जानकारी दिएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com