अमेरिकामा स्टारशिप रकेटको पछिल्लो परीक्षण प्रक्षेपण असफल


प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

स्पेस एक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण प्रक्षेपण असफल भएको छ । प्रक्षेपण भएको केही मिनेटमै असफल भएको स्पेस एक्सले बताएको छ।

एलन मस्कको कम्पनीका अधिकारीहरूले टेक्सासबाट बिहीबार प्रक्षेपणपछि माथिल्लो स्टेज गुमेको जानकारी दिए । तर सुपर हिवी बुस्टरले योजना अनुसार आफ्नो लञ्चप्याडमा फर्कन सकेको थियो ।

यो मिशन ब्लू ओरिजिनको न्यू ग्लेन रकेट प्रणालीको पहिलो उडानको केही घण्टा पछि आएको थियो । जुन अमेजनका मालिक जेफ बेजोसद्वारा समर्थित छ। यी दुई प्रविधि अरबपतिहरूले स्पेस व्हेहिकल बजारमा प्रभुत्व कायम गर्न चाहन्छन्।

स्टारशिपले आफ्नो आरोहणका क्रममा तीव्र रुपमा अपेक्षा नगरिएको विघटनको अनुभव गर्नु परेको छ । टोलीहरू उडान परीक्षणका डाटाहरू समीक्षा गरिरहेका बताएका छन ।

डाटा समीक्षाले समस्याको मूल कारण पत्ता लगाउन सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

सामाजिक सञ्जालमा आइरहेका फुटेजले रकेट आगोका कारण फुटेको देखाइरहेको छ । रकेटको आगोको पथ हाइटीको पोर्ट ओ प्रिन्स शहरको आकाशमा उडिरहेको देखाइएको छ ।

‘सफलता अनिश्चित छ, तर मनोरञ्जन पक्का छ’ एलन मस्कले X मा पोस्ट गर्दै आकाशमा आगोको ट्रेल देखाउने भिडियो साझेदारी गरे।

उनले भने, ‘सुधारिएको संस्करणहरू’ रकेट र बुस्टरको ‘पहिल्यै प्रक्षेपणका लागि तयारी अवस्थामा छन्।’

स्टारशिप प्रणालीले टेक्सासको बोका चिकाबाट सातौं परीक्षण मिशनको रूपमा प्रक्षेपण गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com