अमेरिका र कतारले भने : इजरायल र हमासबीचको युद्धविराम आइतबारदेखि लागू हुनेछ


प्रकाशित मिति : माघ २, २०८१ बुधबार

Palestinians walk on a dirt road lined with building rubble in the Shujaiya neighbourhood of Gaza City on October 7, 2024, on the first anniversary of the ongoing war in the Gaza Strip between Israel and the Palestinian Hamas group. (Photo by Omar AL-QATTAA / AFP)

गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत भएका छन । गाजा युद्धको १५ महिनापछि दुवै पक्ष युद्धविरामको लागि तयार भएको मध्यस्थकर्ताहरु अमेरिका र कतारले बताएका छन ।

इजरायली संसदले युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि आइतवारदेखि युद्धविराम लागू हुनेछ ।

कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले सम्झौता आइतबारदेखि लागू हुने कुरा बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यस सम्झौताले गाजामा लडाइँ रोक्ने, प्यालेस्तीनी नागरिकहरूलाई आवश्यक मानवीय सहयोग पुर्याउने र बन्धकहरूलाई उनीहरूको परिवारसँग पुनः जोड्नेू काम गर्ने बताएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहूले भने कि सम्झौताका अन्तिम विवरणहरू अझै तयारी अवस्थामा छन् । तर उनले बाइडनलाई यसलाई प्रोत्साहित गरेकोमा धन्यवाद दिएका छन्। हमासका नेता खालिल अल हय्याले यसलाई प्यालेस्टीनी धैर्यताकोू परिणाम भएको बताएका छन्।

गाजा क्षेत्रमा ७ अक्टोबर २०२३ मा भएको ऐतिहासिक सीमा पार आक्रमणको जवाफमा इजरायलले हमासको नाश गर्नको लागि अभियान सुरु गरेको थियो । जसमा लगभग १ हजार २०० मानिसको मृत्यु भएको र २५१ जना बन्धक बनाइएका थिए।

सम्झौतामा तीन चरण रहेका छन्। पहिलो चरणमा ३३ बन्धकहरू रिहा हुनेछन । जसमा महिला, बच्चा र वृद्धहरू सामेल छन् प्यालेस्टीनी कैदिहरु मुक्त हुनेछन ।

दोस्रो चरणमा बाँकी बन्धकहरूको मुक्तिको प्रक्रिया हुनेछ । इजरायली सेनाको गाजा क्षेत्रबाट पूर्ण हटाइ हुनेछ। तेस्रो चरणमा गाजाको पुनर्निर्माण र बाँकी बन्धकहरूको शव फिर्ता गरिनेछ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यो सम्झौता अमेरिकाको कडा कूटनीतिक प्रयास र दबाबको परिणाम भएको बताए।

यो सम्झौताले इजरायल र हमासका बन्धकहरूको परिवारका सदस्यहरूको लागि केही आशा प्रदान गरेको छ । तर गाजा क्षेत्रका धेरै व्यक्तिहरूको पीडा र त्रासदी अझै कायम छ।

धेरै प्यालेस्टीनी र इजरायली बन्धकका परिवारहरूले यो समाचारको स्वागत गरे पनि गाजामा युद्ध भने रोकिएको छैन ।

कतारी घोषणा पछि हमासको नागरिक सुरक्षा एजेन्सीले इजरायली हवाई आक्रमणमा २० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com