लस एन्जलसको आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो


प्रकाशित मिति : पुस २८, २०८१ आईतबार

A helicopter drops water on the Palisades Fire in Mandeville Canyon, Saturday, Jan. 11, 2025, in Los Angeles.(AP Photo/Etienne Laurent)

हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए ।

सहरभर फैलिएको आगलागीबाट १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर्मीहरू र लाखौँ क्यालिफोर्नियाका बासिन्दाहरूको साहसको परीक्षा लिइरहेको छ ।

हवाई कर्मचारीहरूबाट सटीक उडानहरू सहित वीरतापूर्ण प्रयासहरू भए पनि पालिसेड्स आगलागी शनिबार बढ्दै गयो र यो पूर्वमा गेट्टी सेन्टर कला सङ्ग्रहालयको अमूल्य सङ्ग्रहहरू र उत्तरमा घना जनसङ्ख्या भएको सान फर्नान्डो उपत्यकातर्फ फैलिँदै छ ।

सारा कोहेनले लस एन्जलस टाइम्सलाई आफ्नो टार्जानास्थित घरमाथिको खतराबारे भन्नुभयो, “हामी चिन्तित छौँ, जब–जब उनीहरूले पानी खसाल्छन्, स्थिति राम्रो हुन्छ तर फेरि खराब हुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्डेभिल क्यानियन क्षेत्रका फुटेजमा एउटा घर जलिरहेको देखाइएको छ । हावाको छोटो विश्राम द्रुत गतिमा हावाहुरीमा परिणत भइरहेको छ र यसले मौसम पूर्वानुमानकर्ताहरूका अनुसार आगामी दिनहरूमा आगलागीलाई बढाउनेछ ।

“दुर्भाग्यवश दक्षिणी क्यालिफोर्नियाका लागि आज फेरि गम्भीर आगो–मौसमको अवस्था बढ्नेछ र कम्तीमा अर्को हप्ताको सुरुसम्म रहनेछ”, राष्ट्रिय मौसम सेवाले भन्यो, “यसले चलिरहेका आगलागीहरूको विस्तार साथै नयाँ आगलागीहरूको विकासमा योगदान पु¥याउन सक्छ ।”

जीवित व्यक्तिहरूलाई सहरमा फैलिएको बाक्लो धुवाँका विषाक्त कणहरू सास फेर्नबाट बच्न बाहिर समय बिताउन वा मास्क लगाउन चेतावनी दिइएको थियो ।

पालिसेड्स आगलागी शनिबार ११ प्रतिशत नियन्त्रणमा थियो तर २३ हजार ६०० एकड (९,५०० हेक्टर) सम्म फैलिएको थियो भने इटन आगलागी १४ हजार एकडमा फैलिएको र १५ प्रतिशत नियन्त्रणमा थियो ।

आधिकारिक तथ्याङ्कले १२ हजारभन्दा बढी संरचना जलेको देखाउँछ तर क्याल फायरका टोड हप्किन्सले सबै घरहरू नभएको र सङ्ख्यामा बाहिरी भवनहरू, आरभी, सवारी साधन र छाप्राहरू पनि समावेश भएको बताउनुभयो ।

लुटपाट र रातको समयमा कफ्र्यूको रिपोर्टका साथ प्रहरी र नेसनल गार्डले मानिसहरूलाई विपद् क्षेत्रमा प्रवेश गर्नबाट रोक्नका लागि चौकीहरू स्थापना गरेका छन् ।

यस त्रासदीमा मृत्यु भएकाहरूमध्ये सन् १९९० को दशकमा बेलायती टिभी शो ‘किड्डी क्यापर्स’ मा देखिएका पूर्व अस्ट्रेलियाली बाल कलाकार रोरी साइक्स पनि थिए ।

“मेरो सुन्दर छोरा रोरी साइक्सको हिजो मालिबु आगलागीमा मृत्यु भएको घोषणा गर्नुपर्दा म अत्यन्त दुःखी छु । म पूर्णतः टुटेकी छु”, उनकी आमा शेली साइक्सले सामाजिक सञ्जालमा लेख्नुभयो ।

एफबिआई र ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटिएफ) र स्थानीय अधिकारीहरू मिलेर आगलागीको कारण पत्ता लगाउन ठूलो अनुसन्धान भइरहेको लस एन्जलस काउन्टीका सेरिफ रोबर्ट लुनाले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com