आज अमेरिकामा राष्ट्रिय शोक, अधिकांश संघीय सरकारी कार्यालयहरु बन्द


प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

The flag-draped casket of former President Jimmy Carter lies in state at the rotunda of the U.S. Capitol Tuesday, Jan. 7, 2025, in Washington. (Andrew Harnik/Pool via AP)

राष्ट्रपति जो बाइडेनले डिसेम्बर २९ मा १०० वर्षको उमेरमा निधन भएका पूर्व राष्ट्रपति जिम्मी कार्टरको सम्मानमा जनवरी ९ लाई राष्ट्रिय शोक दिन घोषणा गरेका हुन् ।

कार्टरको मृत्यु पछिको ३० दिनसम्म अमेरिकामा आधा भागमामात्र फहराइनेछ भने कार्टरको आधिकारिक राजकीय अन्त्येष्टि आज राजधानीको वाशिंगटन नेशनल क्याथेड्रलमा हुनेछ।

जिमी कार्टरको झण्डा ओढेको कास्केटमा माल्यार्पण गर्दै उपराष्ट्रपपत कमला ह्यारिस । (केन्ट निशिमुरारद/ न्यूयोर्क टाइम्स मार्फत एपी)

बाइडेनले अमेरिकी जनतालाई आज कार्टरप्रति श्रद्धाञ्जली अर्पण गर्न आफ्नो पूजास्थलहरूमा भेला हुन आह्वान गरेका छन् । अघिल्ला शोक दिवसहरुमा अमेरिकामा संघीय कार्यालय र स्टक बजार बन्द गरिएको थियो।

बिडेनले डिसेम्बर ३० मा जारी गरेको कार्यकारी आदेशको पालना गर्दै कार्टरको मृत्युको सम्झनामा आज अमेरिकामा संघीय कार्यालयहरू बन्द रहेका छन् । तर संघीय बिदाको दिनमा सबै संघीय कर्मचारीहरूलाई विदा हुँदैन । अत्यावश्यक कर्मचारीहरु भने काममा नै रहन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्ट्सले कार्टरको लागि राष्ट्रिय शोक दिवस मनाउन आज सर्वोच्च अदालतको भवन बन्द गर्ने आदेश दिएका थिए । आज अदालतमा कुनै तालिका नभएपनि भोलि टिकटकमाथिको प्रतिबन्धबारे तर्क सुन्ने तालिका रहेको छ ।

अमेरिकामा आज सबै अमेरिकी हुलाक सेवा र हुलाक कार्यालयहरू बन्द रहेका छन् । पत्रहरु आज डेलिभर गरिने छैन ।

नवराष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र पूर्व अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले पूर्व राष्ट्रपति जिमी कार्टरको झण्डा ओढेको कास्केटको अगाडि श्रद्धाञ्जली अर्पण गर्दै। (सामुएल कोरम / एएफपी )

कार्टर अमेरिकाको ३९औँ राष्ट्रपति थिए, जसले एक कार्यकाल पूरा गरेका थिए। पूर्व राष्ट्रपति कार्टरले छोटो अस्पताल बसाइको एक श्रृंखला पछि फेब्रुअरी २०२३ मा हस्पिस केयर सुरु गरेका थिए ।

१ अक्टोबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर अमेरिकी इतिहासमा सबैभन्दा धेरै बाँच्ने राष्ट्रपति हुन् । यस अगाडि जर्ज एचडब्लूबुशको निधन ९४ वर्ष १७१ दिनको उमेरमा भएको थियो ।

गत अक्टोबरमा शताब्दी पुरुषका रुपमा उनको १०० औं जन्मदिन मनाइएको थियो । सबैले यस पृथ्वीमा १ सय वर्ष नपाउने तर कसैले पाएमा उक्त समयलाई राम्रोका लागि प्रयोग गरेमा उत्सव मनाउन लायक हुने उनका नाति जेसन कार्टरले बताएका थिए ।

पूर्व राष्ट्रपति कार्टर कलेजो र मस्तिष्कको क्यान्सरबाट पीडित थिए । उनको क्यान्सर सन् २०१५ मा निको भएको थियो । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए ।

राष्ट्रपतिको कार्यकालपछि कार्टर दम्पत्ति निरन्तर सामाजिक काममा सकृय रहदै आएका थिए । कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाको विभिन्न स्थानमा पुगेर गरिबका लागि घर बनाउनमा सकृय रहेका थिए । पूर्व प्रथम महिला रोजालिन कार्टरको नोभेम्बर १९, २०२३ मा निधन भएको थियो ।

राष्ट्रपति हुनुभन्दा अगाडि जिम्मी कार्टरले जर्जियाबाट सिनेटरका रुपमा प्रतिनिधित्व गरेका थिए । उनी जर्जियाका गभर्नर समेत रहेका थिए । सन् २००२ मा उनी नोबल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । कार्टर सेन्टरमार्फत उनले गरेको सामाजिक कार्यबाट उनी निकै प्रशंसित छन् ।

राजनीतिमा जानु अघि कार्टर बदामका किसान र अमेरिकी नौसेना लेफ्टिनेन्ट थिए । कार्टर एक कार्यकाल जर्जियाको गभर्नर भएपछि सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए ।

पूर्व राष्ट्रपति कार्टरलाई मानवअधिकारको च्याम्पियनिङका लागि व्यापक रूपमा सम्मान गरिन्छ। सन् १९७८ मा इजिप्टका राष्ट्रपति अनवर सदात र इजरायली प्रधानमन्त्री मेनाकेम बेगिनसँगको क्याम्प डेभिड सम्झौताको उनको पहल उनको विरासतको केन्द्रबिन्दु रहेको छ।

आफ्नो राष्ट्रपतिको कार्यकाल पछिका वर्षहरूमा कार्टरले विश्व शान्ति र स्वास्थ्यको उन्नतिको आशामा आफ्नी पत्नी रोजालिनसँग मिलेर द कार्टर सेन्टर स्थापना गरेका थिए । सेन्टरले विगतका वर्षहरूमा विदेशी चुनावको अनुगमन र विकासोन्मुख देशहरूमा रोगहरू कम गरेर लोकतन्त्रलाई अगाडि बढाउन काम गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com