ओपनएआईका प्रमुख अल्टम्यानविरुद्ध आफनै बहिनीले दिइन् यौन दुर्व्यवहारको मुद्धा


प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्धा दायर भएको छ ।

अल्टम्यानविरुद्ध उनकी बहिनीले यौन दुर्व्यवहारको आरोप लगाउँदै मुद्दा दायर गरेकी हुन ।

अल्टम्यानकी बहिनी एन् अल्टम्यानले उनलाई १९९७ देखि २००६ सम्म नियमित रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी छिन् ।

यो मुद्दा २०२५ जनवरी ६ मा अमेरिकाको मिसौरीको पूर्वी जिल्ला अदालतमा दायर गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्व्यवहारको सुरुवात तब भयो, जब एन् अल्टम्यान ३ वर्षकी थिइन् र साम अल्टम्यान १२ वर्षका थिए मुद्दामा उल्लेख गरिएको छ ।

साम अल्टम्यानले आफ्नी आमा र दुई भाइसँग मिलेर सामाजिक सञ्जाल प्लेटफर्म X मा संयुक्त बयान जारी गर्दै यी आरोपहरूलाई पूर्ण रूपमा असत्य भनेका छन् ।

“मानसिक स्वास्थ्य चुनौतीहरूसँग जुधिरहेका परिवारका सदस्यहरूको हेरचाह गर्न निकै कठिन छ, बयानमा भनिएको छ । यो स्थिति हाम्रो सम्पूर्ण परिवारका लागि गम्भीर पीडा दिनेछ उनले भनेका छन।”

एन् अल्टम्यानले दुर्व्यवहारका घटना लामो समयसम्म भएका र त्यसमा बलात्कार समेत समावेश भएको दाबी गरेकी छन् ।

उनले दाबी गरेकी छिन् कि अन्तिम घटना साम अल्टम्यान वयस्क भइसकेपछि भएको थियो । तर त्यो समय उनी अझै नाबालिग थिइन् ।

मुद्दामा जूरी परीक्षण र ७५ हजार डलर भन्दा बढी क्षतिपूर्ति माग गरिएको छ ।

एन् अल्टम्यानले यसअघि पनि आफ्नो भाइविरुद्ध सामाजिक सञ्जाल प्लेटफर्म X मा यस्तै आरोपहरू लगाउँदै पोस्ट गरेकी थिइन् ।

साम अल्टम्यान प्रविधि क्षेत्रका अत्यन्त उच्च प्रोफाइल व्यक्तिहरूमध्ये एक मानिन्छन् ।

२०२२ को अन्त्यतिर ओपनएआईले जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट च्याटजीपीटी सार्वजनिक गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com