न्युयोर्कबाट उडेको जेटब्लू विमानको ल्यान्डिङ गियरमा २ वटा शव


प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

a jetblue airplane is flying in the sky

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट प्रस्थान गरेर फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलमा अवतरण गरेको जेटब्लु विमानको ल्यान्डिङ गियर कम्पार्टमेन्ट भित्र दुईवटा शव फेला परेको जनाइएको छ । सोमबार राति ११ बजेपछि शव फेला परेको हो ।

विमान फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि नियमित उडान पछिको मर्मतसम्भार निरीक्षणका क्रममा शव भेटिएको हो । व्यक्तिहरूको पहिचान र उनीहरुले कसरी विमानमा पहुँच गरे भन्ने लगायतका परिस्थितिहरू अनुसन्धानमा रहेको जेटब्लु एयरलाइन्सका अधिकारीले बताएका छन् ।

एयरलाइन्सले यो एक हृदयविदारक अवस्था रहेको र घटनाबारे आफूहरु अधिकारीहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएको छ । मंगलबार विहानसम्म मृतकको नाम सार्वजनिक गरिएको छैन ।

हवाईमा अवतरण गरेको युनाइटेड एयरलाइन्सको विमानको ह्वीलवेल भित्र क्रिसमसको पूर्वसन्ध्यामा एक व्यक्ति मृत फेला परेको झण्डै दुई हप्तापछि यो घटना भएको हो । दुई व्यक्ति कसरी ल्यान्डिङ गियरमा पुगे भन्ने प्रस्ट नभएपनि व्यक्तिहरु उडानहरूमा यसरी लुकेका घटना नयाँ भने होइनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com