हमासले ‘बन्धकको अवस्था’बारे जानकारी दिएको छैन : इजरायल


प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

इजरायलले हमास समूहले सम्भावित आदानप्रदान सम्झौताको पहिलो चरणमा रिहा गर्न तयार रहेको घोषणा गरेका ३४ जना बन्धकको अवस्था हालसम्म उपलब्ध नगराएको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले अहिलेसम्म सूचीमा रहेका बन्धकहरूको स्थितिबारे हमासबाट कुनै टिप्पणी प्राप्त गरेको छैन।’

विज्ञप्तिमा भनिएको छ, ‘बन्धकहरूको सूची हमासद्वारा इजरायललाई प्रदान गरिएको थिएन तर इजरायलले जुलाई २०२४ मा मध्यस्थहरूलाई दिएको थियो।’

मध्यस्थकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले गाजा पट्टीमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्न महिनौंदेखि सम्झौता गर्ने प्रयास गरिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालैका दिनहरूमा दुवै पक्षका वार्ताकारहरूले दोहामा अप्रत्यक्ष वार्ता गरिरहेका छन्।

हमास समूहले ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको समूहका एक वरिष्ठ अधिकारीले एएफपीसँग बताए ।

‘हमासले पहिलो चरणको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा इजरायलले दिएकोे सूचीबाट ३४ जना इजरायली कैदीहरूलाई रिहा गर्न सहमत भएको छ,’ ती अधिकारीले भने।

हमासका अर्का एक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘प्रारम्भिक अदलाबदलीमा गाजामा रहेका सबै महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीलाई समावेश गरिनेछ ।’

यसका लागि हमासलाई आफ्नो अवस्था पत्ता लगाउन समय चाहिने उनले बताए ।

‘हमासले जीवित वा मृत ३४ जना कैदीलाई रिहा गर्न सहमत भएको छ’, ती अधिकारीले भने, ‘यद्यपि, समूहलाई अपहरणकारीहरूसँग कुराकानी गर्न र जीवित र मरेका व्यक्तिहरूको पहिचान गर्न कम्तीमा पनि एक हप्ताको युद्धविराम हुनुपर्छ ।’

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जना बन्धकहरूलाई कब्जामा लिएका थिए, जसमध्ये ९६ जना अझै पनि गाजामै रहेका र तीमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com