अमेरिकाको प्रतिनिधि सभाका सभामुखमा रिपब्लिकन माइक जोन्सन पुनः निर्वाचित
प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार
WASHINGTON, DC – JANUARY 03: U.S. Speaker of the House Mike Johnson (R-LA) walks to his office in the U.S. Capitol on January 03, 2025 in Washington, DC. With the support of President-elect Donald Trump, Johnson is working to retain the Speakership in the face of opposition within his own party. “I expect we get it done on the first round,” Johnson told reporters about securing the gavel during today’s first session of the 119th Congress. Win McNamee/Getty Images/AFP (Photo by WIN MCNAMEE / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
अमेरिकाको प्रतिनिधि सभाका सभामुखमा माइक जोन्सन शुक्रबार अत्यन्तै कम मतान्तरमा पुनः निर्वाचित भएका छन्, जसले क्यापिटल हिलमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूबीच सम्भावित विभाजनको संकेत गरेको छ।
जोन्सनले दुई घण्टा लामो मतदान प्रक्रियामा आवश्यक बहुमत नपुगेको देखिएका थिए, तर लामो वार्तापछि दुई रिपब्लिकन विपक्षीहरूले आफ्नो मत परिवर्तन गरी उनलाई समर्थन गरे। जोन्सनले २१८ मतसहित पुनःनिर्वाचन जिते, जुन न्यूनतम आवश्यक संख्या हो।
रिपब्लिकनहरूले २१९ – २१५ को अत्यन्तै सानो बहुमतमा प्रतिनिधिसभा नियन्त्रण गरिरहेका छन्। यो मतदान ट्रम्पको कर कटौती र सिमाना सुरक्षा जस्ता एजेन्डालाई अघि बढाउने क्रममा पार्टीको एकताबद्धतामा गरिएको प्रारम्भिक परीक्षण थियो। यसले क्यापिटल हिलमा ट्रम्पको प्रभावको पनि परीक्षण गरेको छ, जहाँ केही रिपब्लिकनहरूले उनलाई अस्वीकार गर्ने संकेत दिएका छन्।
पछिल्ला दुई वर्षमा प्रतिनिधि सभा रिपब्लिकनहरूको आन्तरिक विभाजनले प्रभावित हुँदै आएको छ। पार्टीले आफ्नो पूर्ववर्ती सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाएपछि जोन्सनलाई सभामुखको रूपमा चयन गरिएको थियो।

मतदान सकिएपछि आधा घण्टाभन्दा बढी समय सांसदहरू चेम्बरमा घुमिरहेका थिए, जहाँ जोन्सन र उनका सहयोगीहरूले विपक्षीहरूलाई मनाउन प्रयास गरेका थिए।
सांसदहरु राल्फ नर्मन र कीथ सेल्फले सुरुमा जोन्सनको विपक्षमा मतदान गरे पनि अन्ततः समर्थनमा मतदान गरेका थिए । उनीहरुले के कारणले आफ्नो विचार परिवर्तन गरे भन्ने कुरा स्पष्ट छैन ।
अरू छ रिपब्लिकनहरूले सुरुमा मतदान नै नगरी बसेका थिए, तर अन्ततः जोन्सनलाई समर्थनमा मत दिए। जोन्सनको कडा आलोचक सांसद थोमस मास्सी एक्ला रिपब्लिकन थिए जसले उनलाई विपक्षमा मतदान गरे।
२०२३ मा म्याकार्थीलाई सभामुख चयन गर्न सभाले चार दिनमा १५ चरणको मतदान गरेको थियो। लुजियाना सांसद ५२ वर्षीय जोन्सन अक्टोबर २०२३ को तीन साताको अशान्तिमा प्रमुख पदमा उक्लिएका थिए, जब रिपब्लिकनहरूले म्याकार्थीलाई हटाएका थिए र उत्तराधिकारीमा सहमति जुटाउन संघर्ष गरेका थिए। रूढिवादी इसाई वकिल जोन्सनलाई सहमतिको पात्रका रूपमा अघि सारिएको थियो, तर त्यसपछि पार्टीलाई एकताबद्ध राख्न कठिनाइ झेल्दै आएका छन्।
जोन्सनले ट्रम्पसँग नजिकको सम्बन्ध निर्माण गर्न प्रयास गरेका छन्। सोमबार ट्रम्पले उनलाई समर्थन जनाउँदै जोन्सनको जित रिपब्लिकन पार्टीको ठूलो जित हुने बताएका थिए । जनवरी २० मा राष्ट्रपति भवनमा फर्कन लागेका ट्रम्पको विशाल कानूनी एजेन्डालाई अघि बढाउनुका साथै जोन्सनले यस वर्षको अन्त्यतिर राष्ट्रको ऋण सीमा सम्बोधन गर्नुपर्नेछ।
ट्रम्पले दुई रिपब्लिकन सांसदहरूलाई आफ्नो प्रशासनमा नियुक्त गरेमा प्रतिनिधिसभामा जोन्सनको २१९ – २१५ को रिपब्लिकन बहुमत झन् संकुचित हुने सम्भावना छ । ट्रम्पले एलिस स्टेफानिकलाई संयुक्त राष्ट्रसंघको राजदूत र माइक वाल्ट्जलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्। अर्को एउटा सिट रिक्त छ, किनभने रिपब्लिकन सांसद म्याट गेट्जले ट्रम्पको महान्यायाधिवक्ताको रूपमा नियुक्ति पछि कंग्रेसबाट राजीनामा दिएका थिए । यी तीन सिटहरू यस वर्ष विशेष निर्वाचनमार्फत भरिनेछन्।
शुक्रबार नै रिपब्लिकनहरूले ५३ – ४७ को नयाँ सिनेट बहुमतमा शपथ खाएका छन्, जहाँ सिनेटर जोन थुनले लामो समयदेखि सेवा गरेका मिच म्याककोनेलको स्थान लिएका छन्।






