१३ वर्ष अमेरिकी सेनामा काम गरेका शम्सुद्दिन जब्बारको न्यु आर्लियन्स दुर्घटनामा संलग्नता


प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

नयाँ वर्षको दिन अमेरिकाको न्यु आर्लिन्समा १५ जनाको मृत्यु र दर्जनौं घाइते हुने गरि भएको ट्रक दुर्घटनामा ४२ वर्षीय टेक्सास निवासी शम्सुद्दिन जब्बारको संलग्नता पुष्टि भएको छ । उनले १३ वर्ष अमेरिकी सेनामा सेवा गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनी अमेरिकी सेनामा रहँदा अफगानिस्तानमा समेत खटिएका थिए ।

संघीय अधिकारीहरू र न्यु आर्लिन्सका स्थानीय कानुन कार्यान्वयन निकायका अनुसार जब्बार यो आक्रमणमा एक्लै संलग्न थिएनन् । अन्य सम्भावित सहयोगीहरूको खोजी भइरहेको छ । संघीय अनुसन्धान ब्यूरो (एफबीआई)का अनुसार जब्बारको ट्रकमा इस्लामिक स्टेट (आईएसआईएस) को झन्डा फेला परेको छ। यसलाई आतंकवादको सम्भावित कार्यका रूपमा अनुसन्धान गरिएको छ ।

अनुसन्धानले अहिलेसम्म आक्रमणको स्पष्ट उद्देश्य पत्ता लगाउन सकेको छैन् । प्रहरीका अनुसार घटनास्थलमै जब्बारको प्रहरीसँगको गोली हानाहानमा मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जब्बारले २००७ देखि २०१५ सम्म मानव संसाधन र सूचना प्रविधि विशेषज्ञको रूपमा अमेरिकी सेनामा सेवा गरेका थिए । त्यसपछि उनले २०२० सम्म आरक्षित सेनामा आईटी विशेषज्ञको रूपमा काम गरेका थिए । जब्बारले २००९ को फेब्रुअरीदेखि २०१० को जनवरीसम्म अफगानिस्तानमा सेवा गरे । सेनामा प्रवेश गर्नुअघि उनी २००४ मा नौसेनामा भर्ती भएका थिए, तर एक महिनापछि छुट्टी लिएका थिए।

पछिल्ला केही वर्षमा जब्बारले आफुलाई कविभिन्न व्यवसायहरूमा संलग्नता देखाएका थिए । २०२० मा युट्युबमा पोस्ट गरिएको एक भिडियोमा उनले आफूलाई टेक्सासस्थित ब्लू मेडो प्रॉपर्टीज एलएलसीको प्रबन्धक र रियल इस्टेट एजेन्टका रूपमा चिनाएका थिए । भिडियोमा उनले आफ्नो सैन्य अनुभवले जिम्मेवारी र गम्भीरताका साथ काम गर्न सिकाएको बताएका थिए । जब्बार २०२२ मा पाँच वर्षे वैवाहिक सम्बन्धपछि पत्नीबाट अलग भएका थिए । उनीहरूका एक सन्तान रहेका छन्।

एफबीआईका अनुसार जब्बारले न्यू ऑरलिन्सको फ्रेन्च क्वार्टरमा भीडलाई ठक्कर दिन भाडामा लिएको फोर्ड पिकअप ट्रक प्रयोग गरेका थिए । घटनास्थलमा १५ जनाको मृत्यु भएको र ३५ जना घाइते भएका थिए । ट्रकभित्र हतियार, सम्भावित विस्फोटक सामग्री र अन्य सामग्री फेला परेको छ ।

एफबीआईका सहायक विशेष एजेन्ट अलेथेया डंकनका अनुसार यो घटनामा जब्बार मात्र संलग्न नरहेको र उनका सहयोगीहरूको खोजी तीव्र रूपमा भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com