मुस्ताङमा जापानी र अमेरिकी स्याउ


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

अमेरिका निवासी व्यवसायी सोनाम लामाले मुस्ताङको  जोमसोममा रहेको आफ्नो स्याउ फार्ममा जापानी स्याउ फुजी र अमेरिकी स्याउ रेड डेलिसियसका बेर्ना रोपेका छन् । उनले अमेरिकाबाटै यी स्याउका बेर्नाहरु जोमसोम लगेका हुन् । एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक तथा सफल व्यवसायी सोनाम लामाले यस अगाडि नै जोमसोममा मुस्ताङी स्याउका दुईवटा फार्म संचालन गर्दै आएका छन् ।

अबको केही बर्षभित्र नै जापानी स्याउ फुजी र अमेरिकी स्याउ रेड डेलिसियसले फल दिन सुरु गर्ने लामाको विश्वास रहेको छ । फुजी र रेड डेलिसियसका बेर्ना मध्ये अधिकांश सप्रिएका र राम्रो फल लाग्ने आशा लामाको रहेको छ । जोमसोममा रहेको सोनाम लामाको एउटा फर्ममा ७५ वटा र अर्कोमा केही दर्जन मुस्ताङी स्याउले विगत लामो समयदेखि उत्पादन दिइरहेका छन् । लामाले अहिले दुईवटै फर्मममा गरी विभिन्न प्रजातिका डेढसय भन्दा बढी बेर्ना थपेका छन् ।

फुजी स्याउ सन् १९३० मा जापानमा हाइब्रिड गरिएको स्वादिष्ट स्याउ हो । यो स्याउ सन् १९६२ देखि बजारमा आउन थालेको हो । फुजी स्याउ दुईवटा प्रजातिका अमेरिकन स्याउहरु रेड डेलिसियस र रल्स जेनेटको मिश्रण गरेर बनाइएको हाइब्रिड स्याउ हो । फुजी स्याउ अमेरिकामा उत्पादन गरिने १५ प्रजातिका स्याउहरुमध्येको एक हो । त्यसैगरी अमेरिकी स्याउ रेड डेलिसिय पनि अमेरिकामा उत्पादन गरिने १५ प्रजातिका स्याउहरुमध्येको एक हो । दुबै स्याउ अत्यन्तै स्वादिष्ट स्याउका रुपमा प्रचलित छन् ।

नेपालको जोमसोममा यो स्याउले राम्रो उत्पादन दिएमा परम्परागत स्याउको अतिरिक्त नयाँ स्याउले पनि नेपालकै उत्पादनका रुपमा बजार पाउनेछ ।

खसोखासका प्रधान सम्पादक किशोर पन्थी मुस्ताङ भ्रमणका क्रममा फुजी र रेड डेलिसियस रोपिएको सोनाम लामाको स्याउ फार्मममा पुगेका थिए । उनले खिचेका केही तस्विरहरु ।

IMG_0889

IMG_0892

IMG_0894

IMG_0896

IMG_0899

IMG_0937

IMG_0938

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com