अमेरिकाको भर्जिनियामा ठुलो परिमाणमा बम भेटियो, एकजना पक्राउ


प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

अमेरिकाको भर्जिनियामा ठुलो परिमाणमा बम फेला परेको छ । एफबीआईले त्यहाँ रहेको एउटा फार्ममा छापा मार्दा १५० भन्दा बढी बम फेला पारेको हो ।

यो घटनालाई एफबीआईको इतिहासमा अहिलेसम्मकै ठूलो बम बरामदको रूपमा लिइएको छ ।

डिसेम्बर १७ मा वाशिङ्टन डिसीबाट २९० किलोमिटर दक्षिणमा रहेको आइल अफ वाइट काउन्टीमा ब्राड स्पाफोर्डलाई पक्राउ गरिएको थियो ।

उनलाई आफ्नी श्रीमती र दुई साना बच्चाहरूसँग बस्दै आएको सम्पत्तिमा हतियार र घरमै बनाइएको गोला बारुद भण्डारण गरिरहेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धानकर्ताहरूले केही बमहरू एउटा कोठामा अनियमित रूपमा रहेको र “#nolivesmatter” लेखिएको झोलामा फेला पारेका थिए । यो नारा प्रायः दक्षिणपन्थी, सरकारविरोधी समूहहरूसँग सम्बन्धित मानिन्छ ।

स्पाफोर्डका वकिलले उनी समुदायका लागि खतरनाक व्यक्ति नभएको दाबी गर्दै उनलाई हिरासतबाट रिहा गर्न माग गरेका छन् ।

हालसम्म स्पाफोर्डलाई दर्ता नगरिएको सर्ट बारेल राइफल राखेको आरोपमा मात्रै अभियोग लगाइएको छ । तर अनुसन्धानकर्ताहरूले अन्य थप आरोप लगाइने सम्भावना रहेको बताएका छन् ।

एफबीआईले यी बमहरूलाई संख्या अनुसार एफबीआईको इतिहासमै सबैभन्दा ठूलो बरामद बमहरू को रूपमा प्रारम्भिक रूपमा मूल्यांकन गरिएको जनाएको छ ।

स्पाफोर्डले अमेरिकी राष्ट्रपति जो बाइडेनको तस्वीरलाई निशाना बनाएर अभ्यास गरेको र उपराष्ट्रपति कमला ह्यारिसको हत्या होस् भन्ने चाहना व्यक्त गरेका देखिएको छ ।

सन् २०२१ मा आफुले नै बनाएको विस्फोटक उपकरणको कारण दाहिने हातका तीन औँला गुमाए पनि उनी बम भने बनाइरहेको छिमेकीले जानकारी दिएका छन् ।

पाइप बमहरूको अलावा, अनुसन्धानकर्ताहरूले अत्यधिक अस्थिर विस्फोटक पदार्थ एचएमटीडीको एउटा जार फेला पारेका थिए । यो पदार्थको विस्फोट तातो वा चिसोको सानोतिनो परिवर्तनले पनि हुन सक्छ ।

अदालतले स्पाफोर्डलाई इलेक्ट्रोनिक निगरानीसहित रिहा गर्न आदेश दिए पनि सरकारको मागमा यो निर्णयलाई हाललाई स्थगित गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com