अमेरिकाले नेपाललाई दिने ५० अर्ब सहयोगमा औपचारिक हस्ताक्षर (भिडियो)


प्रकाशित मिति : भाद्र २९, २०७४ बिहीबार

अमेरिकाले नेपाललाई दिने ५ सय मिलियन डलर अर्थात् झण्डै ५० अर्ब नेपाली रुपैया सहयोगमा आज औपचारिक हस्ताक्षर गरिएको छ । अमेरिकी विदेशमन्त्रालयको सन्धी कक्षमा अमेरिकी विदेशमन्त्रालयका डेपुटी सेक्रेटरी जोन सुलिभान र नेपालका अर्थमन्त्री ज्ञानेन्द्र  बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षरका लागि अमेरिकी विदेशमन्त्रालयका डेपुटी सेक्रेटरी जोन सुलिभान र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका कार्यकारी सीईओ जोनाथन नासले नेपालका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अमेरिकी विदेशमन्त्रालयको सन्धीकक्षमा स्वागत गर्नुभएको थियो । हस्ताक्षर समारोहमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र नेपालका लागि अमेरिकी राजदूत अलाइना िबी टेप्लिज लगायतको उपस्थीति रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षेत्रीयस्तरमा सम्बन्ध विस्तार सुधार गर्न, निजी लगानीलाई प्रोत्साहन दिन, वृद्धिलाई अगाडि बढाउन र गरिबी न्यूनीकरण गर्नका लागि यस्तो सहयोग अमेरिकाले गर्ने भएको हो । यसमा नेपाल सरकारले १३० मिलियन डलर थपेर विकाशको काममा लगाइनेछ जुन मिलेनियम च्यालेन्ज कर्पोरेशनको इतिहासमा नै कुनै एउटा देशका लागि सिधा गरिएको सबैभन्दा ठूलो सहयोग हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com