जिम्मी कार्टरको विरासतको विश्व समुदायबाट प्रशंसा


प्रकाशित मिति : पुस १५, २०८१ सोमबार

PhotoFlash | Former U.S. President Jimmy Carter dies at 100

अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वभरीबाट १०० वर्षको उमेरमा आइतबार निधन भएका जिम्मी कार्टरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले मानव अधिकार र शान्तिका लागि गरेका कार्यहरूको सम्झना गरिएको छ ।

“अमेरिका र विश्व जगत्ले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी व्यक्तित्वलाई गुमाएको छ,” अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा जारी गरेको बक्तव्यमा भनिएको छ ।

बाडेनले एक टेलिभिजन सम्बोधनमा भन्नुभयो, “कार्टरले ‘शब्दले होइन, तर आफ्नो कर्मले नापिएको’ जीवन बिताउनुभएको छ । हामी सबै जिमी कार्टर जस्तै अलि बढी हुन प्रयास गर्न राम्रो हुनेछ।”

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरूले कार्टरलाई ‘कृतज्ञताको ऋण’ तिर्नुपर्ने बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“राष्ट्रपतिका रूपमा जिमीले सामना गर्नुपरेका चुनौतीहरू हाम्रो देशका लागि महत्वपूर्ण समयमा आएका थिए र उहाँले सबै अमेरिकीहरूको जीवन सुधार गर्न आफ्नो शक्तिले भ्याएसम्म सबै गर्नुभयो,” अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

पूर्व अमेरिकी राष्ट्रपतिहरूमध्ये बिल क्लिन्टनले आफ्ना पूर्ववर्तीहरूले ‘राम्रो र निष्पक्ष विश्वका लागि अथक परिश्रम गरेको’ बताउनुभएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले कार्टरले भन्नुभयो, “‘कार्यालयलाई सम्मानित’ भन्नुभएको थियो ।संसारलाई राम्रो उपहार छोड्ने उहाँको प्रयास राष्ट्रपतिबाट बाहिरिएपछि पनि समाप्त भएन।”

अमेरिकी राष्ट्रपति बराक ओबामाले कार्टरले ’अनुग्रह, गरिमा, न्याय र सेवाको जीवन बिताउनुको अर्थ के हो’ भनेर सिकाएको भन्दै उहाँको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भन्नुभयो, “३९ औं अमेरिकी पूर्व राष्ट्रपति कार्टरलाई हाम्रो पृथ्बीको रक्षा गर्नु र विश्वव्यापी जनस्वास्थ्यलाई बढावा दिनु राष्ट्रिय सुरक्षाहितका लागि महत्वपूर्ण छ भन्ने कुरा बुझ्नु हतारो थियो।”

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कार्टरलाई कमजोर वर्गप्रति ऐक्यबद्धता, सदाबहार अनुग्रह र साझा हित र हाम्रो साझा मानवताप्रतिको अटुट विश्वासका लागि स्मरण गरिने बताउनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले कार्टरले आफ्नो फाउन्डेसनसँग मिलेर राष्ट्रपतिपदपछि गरेको कामले ‘अनगिन्ती मानिसहरूको ज्यान बचाएको र धेरै उपेक्षित उष्णकटिबन्धीय रोगहरू उन्मूलनको नजिक ल्याउन मद्दत गरेको’ उल्लेख गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले कार्टरले भारत र अमेरिकाबीचको सम्बन्धलाई मजबुत बनाउन पु¥याएको योगदानले चिरस्थायी विरासत छोडेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत् पठाएको सन्देशमा भनिएको छ, “अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधनबाट निकै मर्माहत भएको छु । उहाँ विश्व शान्ति र सद्भावका लागि अथक प्रयास गर्ने महान् दूरदृष्टि भएका राजनेता हुनुहुन्थ्यो ।”

उहाँले अगाडी भन्नुभयो, “भारत–अमेरिकाको मजबूत बबनाउन उहाँको योगदान र सम्बन्धले स्थायी विरासत छोड्छ। उहाँको परिवार, साथीभाइ र अमेरिकाका जनताप्रति मेरो हार्दिक समवेदना छ।”

इजिप्टका नेता अब्देल फतह अल–सिसीले सन् १९७८ को ऐतिहासिक क्याम्प डेभिड सम्झौताको मध्यस्थतामा कार्टरले खेलेको भूमिकाका लागि ’मानवीय प्रयासको प्रतीक’ भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले कार्टरले गरेको सन्धि मध्यपूर्व र उत्तर अफ्रिकामा धेरै दशकपछि पनि स्थिरताको आधार भएको बताउनुभएको छ । हर्जोगले भन्नुभयो, “राष्ट्रहरूबीच शान्ति कायम गर्ने उहाँको गहिरो प्रतिबद्धताले उहाँको विरासतलाई परिभाषित गर्नेछ।”

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले दिवङ्गत हुनुभएका अमेरिकी पूर्व राष्ट्रपति कार्टरको निधनका कारण आफु स्तव्ध भएको बताउँदै भन्नुभयो, “कार्टरको निधनसँगै अमेरिकाले लोकतन्त्रका लागि एक योद्धा गुमाएको छ । विश्वले मध्यपूर्वमा शान्ति र मानव अधिकारका लागि एक महान् मध्यस्थ गुमाएको छ ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कार्टरले आफुलाई दिएको सल्लाहमा सधैं विचारशील र उदार रहेको बताउनुभएको छ ।

मेक्सिकोको विदेश मन्त्रालयले कार्टरको मृत्युलाई ‘दुःखद् क्षति’ भनेको छ ।

बेलायतका राजा चाल्र्सले कार्टरको समर्पण र नम्रताले धेरैलाई प्रेरणा दिएको बताउनुभएको छ भने प्रधानमन्त्री केइर स्टार्मरले अमेरिकी नेताको ‘शान्तिका लागि आजीवन समर्पण’ प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कार्टरलाई ’लोकतन्त्रप्रेमी र शान्तिका रक्षक’ भन्दै प्रशंसा गर्नुभएको छ । लुलाले भन्नुभयो, “विकासको लागि शान्ति सबैभन्दा महत्वपूर्ण शर्त हो भन्ने विचारको प्रतिरक्षा गर्ने नामका रुपमा उहाँलाई सदाका लागि स्मरण गरिनेछ ।”

सन् १९७७ देखि १९८१ सम्म धेरैले कार्टरको कार्यकालमा ध्यान केन्द्रित गरे तापनि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कार्टरको ‘रूसको अकारण आक्रमणको सामना गर्दै युक्रेनका लागि अटूट समर्थन’ रहेको बताउनुभयो ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कार्टर ‘अति कमजोर वर्गको अधिकारका लागि दृढ वकालत गर्दै आएको र शान्तिका लागि अथक सङ्घर्ष गरेको’ बताउनुभएको छ ।

चीनको विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कार्टरको प्रशासनले वासिङ्टन र बेइजिङबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय गरेको र यो चीन–अमेरिका सम्बन्धका लागि ‘महत्वपूर्ण योगदान’ भएको छ।”

“पूर्व राष्ट्रपति कार्टर चीन र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाका प्रवर्तक र निर्णयकर्ता हुनुहुन्थ्यो,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो ।

नासाका प्रशासक बिल नेल्सनले कार्टरको विरासत पृथ्वीभन्दा पनि बाहिर रहेको बताउनुभएको छ ।

सन् १९७७ मा प्रक्षेपण गरिएको अन्तरिक्ष एजेन्सीको भोयजर १ प्रोबमा कार्टरको एउटा रेकर्ड गरिएको सन्देश छ जसले उहाँको मुख्य भलाइ र अनुग्रहलाई समातेको छ।

रेकर्डिङमा कार्टरले भन्नुभएको छ, “यो एउटा टाढाको संसारको सानो उपहार हो, हाम्रो आवाज, विज्ञान, छवि, सङ्गीत, विचार र भावनाहरूको प्रतीक हो।”

“हामी हाम्रो समय बाँच्न प्रयास गर्दैछौं ताकि हामी तपाईंको जीवनमा बाँच्न सकौँ । हामी आशा गर्दछौं कि कुनै दिन, हामीले सामना गर्ने समस्याहरू समाधान गरेर, ‘ग्यालेक्टिक सभ्यता’हरूको समुदायमा सामेल हुनेछौँ ।”

नेल्सनले जारी गरेको वक्तव्यमा भनिएको छ, “पूर्वराष्ट्रपति कार्टरले ताराहरूलाई हेर्दा हामीले साझा आधार पाउँछौँ भन्ने एउटा महत्वपूर्ण सत्य बुझेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com