ट्रम्पको कार्यकाल सुरु भएपछि अमेरिकामा मृत्युदण्डका घटना बढ्ने संभावना


प्रकाशित मिति : पुस ८, २०८१ सोमबार

Republican presidential nominee former President Donald Trump arrives to speak during a campaign rally at Dodge County Airport, Sunday, Oct. 6, 2024, in Juneau, Wis. (AP Photo/Julia Demaree Nikhinson)

अमेरिकी राष्ट्रपति जो बाइडेनले मृत्युदण्डलाई घटाएर आजीवन कारावासको घोषणा गरेपछि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिरोध गरेका छन ।

बाइडेनले आफनो कार्यकालको अन्त्यतिर ४० मध्य ३७ जनाको मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गरिदिएका थिए ।

मृत्युदण्डको सजाय कायम राखिएका कैदीहरूमा बोस्टन म्याराथन बम विष्फोटका दोषी जोखर सारनाएभ, २०१८ मा पिट्सबर्गको ट्री अफ लाइफ सिनागगमा गोलीकाण्ड गरि ११ व्यक्तिको हत्या गर्ने रोबर्ट बावरस, र २०१५ मा साउथ क्यारोलिनाको चर्चमा नौ जना अश्वेतको हत्या गर्ने डायलन रुफ रहेका छन् ।

बाँकी संघिय मृत्युदण्डको सजाय सुनाइएका ३७ जनालाई आजीवन कारावासमा रुपान्तरण गरिएको छ । यो कदमले सम्भवतः निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय मृत्युदण्डलाई विस्तार गर्ने योजना अवरुद्ध गर्न सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनको यो कदम रिपब्लिकनहरूले आलोचना गरेका छन् । केहीले उनलाई अपराधीहरूको पक्ष लिएको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल अघि संघीय मृत्युदण्ड दुर्लभ जस्तै थियो ।

तर, उनको कार्यकालको अन्त्यमा धेरै मृत्युदण्ड दिइएको थियो । जसले १३० वर्ष पुरानो परम्परालाई तोडेको थियो । ट्रम्पले आगामी जनवरीमा कार्यभार सम्हाल्नासाथ यो प्रक्रिया पुनः सुरु गर्ने वाचा गरेका छन् ।

बाइडेनको पछिल्लो निर्णयलाई एमनेस्टी इन्टरनेशनल जस्ता मानवअधिकारवादी समूहहरूले स्वागत गरे पनि ट्रम्पका सहयोगी र रिपब्लिकनहरूले यसलाई कडा आलोचना गरेका छन् ।

ट्रम्पको मृत्युदण्ड सम्बन्धी धारणा

ट्रम्पले आफ्नो चुनावी अभियानमा संघीय मृत्युदण्ड पुनः सुरु गर्ने र बाल यौन हिंसा, लागूऔषध कारोबार र मानव तस्करीका दोषीलाई मृत्युदण्ड दिन योग्य बनाउने घोषणा गरेका थिए ।

यस्ता अपराध गर्नेहरूका लागि मृत्युदण्ड उपयुक्त सजाय भएको ट्रम्पको भनाईछ ।

कानूनी रूपमा यो योजना कार्यान्वयन गर्न कठिन हुन सक्छ । सन् २००८ मा अमेरिकी सर्वोच्च अदालतले बाल यौन हिंसाका दोषीलाई मृत्युदण्ड दिन नमिल्ने फैसला गरेको थियो ।

संघीय मृत्युदण्ड विस्तारको चुनौती

ट्रम्पको योजना कार्यान्वयनका लागि अमेरिकी कंग्रेसले कानूनमा संशोधन गर्नुपर्नेछ । सन् २०२४ मा ट्रम्पकी सहयोगी अना पाउलिना लुनाले संघीय मृत्युदण्ड विस्तार गर्न दुई विधेयक प्रस्ताव गरेकी थिइन् । तर ती दुवै असफल भएका थिए ।

संघीय स्तरमा नयाँ मृत्युदण्डका मुद्दाहरू लामो समयसम्म अदालत प्रक्रियामा अड्किन सक्ने भएकाले, ट्रम्पको योजना तत्काल प्रभावकारी हुने सम्भावना न्यून छ।

अहिले २७ अमेरिकी राज्यहरूमा मृत्युदण्डको प्रावधान छ । ग्यालपको पछिल्लो सर्वेक्षण अनुसार ५३ प्रतिशत अमेरिकीहरूले हत्याको दोषीलाई मृत्युदण्डको समर्थन गरेका छन् । जुन एक वर्ष अघिको तुलनामा ३ प्रतिशत ले बढि हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com