अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टन अस्पताल भर्ना, अवस्थाको बारेमा प्रवक्ता यसो भन्छन्


प्रकाशित मिति : पुस ८, २०८१ सोमबार

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई अस्पताल भर्ना गरिएको छ । ज्वरो आएको कारण उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

डेमोक्र्याटीक पार्टीका तर्फबाट क्लिन्टनका प्रवक्ता एन्जेल उरेनाले उच्च मनोबल र उत्कृष्ट उपचारका लागि अस्पताल भर्ना गरिएको बताएका छन ।

क्लिन्टनलाई सोमबार साँझ वाशिंगटन डीसीको जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा परीक्षण र निरीक्षणका लागि भर्ना गरिएको हो ।

उरेनाले अर्कान्सासका डेमोक्र्याट क्लिन्टनको स्वास्थ्य अवस्थाबारे थप विवरण दिएका छैनन । यद्यपि, अमेरिकी सञ्चारमाध्यमहरूले क्लिन्टन छिट्टै निको हुने अपेक्षा गरिएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्लिन्टनसँग निकट स्रोतले स्थिति गम्भीर नरहेको र पूर्व राष्ट्रपति ठीक हुने जानकारी दिएको छ । १९९३ देखि २००१ सम्मका ४२ औ राष्ट्रपतिको यो पछिल्लो स्वास्थ्य समस्या हो ।

७८ वर्षीय क्लिन्टनलाई २०२१ मा रगतमा संक्रमण देखिएपछि क्यालिफोर्नियाको अस्पतालमा छ दिनसम्म भर्ना गरिएको थियो । उनी विगतमा मुटुको समस्याबाट पीडित रहँदै आएका छन्।

५८ वर्षको उमेरमा २००४ मा क्लिन्टनले बाइपास शल्यक्रिया गराएका थिए । त्यसपछि २०१० मा छातीमा पीडा भएपछि बन्द भएका धमनी खोल्न अर्को शल्यक्रिया गराएका थिए ।

दोस्रो शल्यक्रियापछि, धेरै चिल्लो खाना मन पराउने क्लिन्टनले आफ्नो जीवनशैली परिवर्तन गर्दै शाकाहारी भएका थिए ।

यस वर्षको राष्ट्रपतिको चुनावी अभियानमा क्लिन्टन सक्रिय थिए । उपराष्ट्रपति कमला ह्यारिसको समर्थन गर्न उनले देशभर यात्रा गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com