ट्रम्पको प्रस्ताव ग्रिनल्याण्डद्धारा अस्वीकार, अमेरिकाले अब के गर्ला ?


प्रकाशित मिति : पुस ८, २०८१ सोमबार

Republican presidential hopeful and former US President Donald Trump gestures as he speaks during a rally in Laconia, New Hampshire, January 22, 2024. (Photo by TIMOTHY A. CLARY / AFP)

ग्रिनल्यान्डले आफु बिक्रीमा नरहेको बताएको छ । ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट इगेडले विक्री सम्झौताको कुनै पनि सम्भावना नभएको बताए । “ग्रिनल्यान्ड हाम्रो हो । हामी बिक्रीका लागि होइनौँ र कहिले पनि बिक्रीका लागि हुनेछैनौ उनले भनेका छन ।

विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्यान्ड एउटा स्वायत्त डेनिस क्षेत्र हो । यसको आफ्नै संसद्, करिब ५५ हजार बासिन्दा र एउटा सानो स्वतन्त्रता समर्थक आन्दोलन छ ।

अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले प्रमुख खनिज र तेल भण्डार भएको रणनीतिक टापुको नियन्त्रण लिन चाहेको सङ्केत गरेपछि ग्रिनल्याण्डले प्रतिकृया दिएको हो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा यो विशाल डेनिश क्षेत्र किन्ने प्रस्ताव गरेका थिए । जसलाई तत्काल अस्वीकार गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले आफ्नो आगामी प्रशासनका लागि डेनमार्कमा राजदूत नियुक्त गर्दा यो प्रयासलाई पुनर्जीवित गरेको देखिएको छ ।

विश्वभरको राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको उद्देश्यका लागि अमेरिकाले ग्रिनल्यान्डको स्वामित्व र नियन्त्रण एक पूर्ण आवश्यकता हो भन्ने महसुस गर्दछ”, ट्रम्पले आइतबार पोस्ट गरेका छन ।

ग्रिनल्यान्डले आफु बिक्रीका लागि नभएको बताएपछि राष्ट्रपतिका रूपमा ट्रम्पले सन् २०१९ मा डेनमार्कको राजकीय भ्रमण रद्द गरेका थिए ।

राष्ट्रपति जो बाइडेनको कार्यकालमा ग्रिनल्याण्डलाई अमेरिकाले खरिद गर्न नचाहेको तर यसको सट्टा सम्बन्ध बलियो बनाउन खोजेको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com