ट्रम्पको प्रस्ताव समावेशविना पारित बिलमा बाइडेनबाट हस्ताक्षर, हट्यो सरकार शटडाउनको जोखिम


प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

(फोटो: रिचर्ड पियेरिन / एएफपी)

राष्ट्रपति जो बाइडेनले शनिबार एक खर्च विधेयकमा हस्ताक्षर गरेपछि अमेरिकी सरकार शटडाउन संकटबाट जोगिएको छ । संसदले विधेयक पारित गरेपछि शनिबार विहान राष्ट्रपतिको टेबुलमा लगिएको थियो । यो प्याकेजले मार्च १४ सम्म सरकार संचालनका लागि कोष प्रदान गर्छ ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको ऋण सीमा विस्तार समावेश नगरिकनै विधेयक पारित गरिएको हो । यसले रिपब्लिकनहरूले खोजेका अरबपतिहरूको लागि कर कटौतीको द्रुत मार्गलाई अस्वीकार गर्ने र यसले सरकारले पूर्ण क्षमतामा काम गर्न जारी राख्न सक्ने सुनिश्चित गर्ने बाइडेनले बताएका छन् ।

अमेरिकी संसदमा सिनेटको फ्लोरमा बोलेर सिनेट च्याम्बरबाट बाहिर निस्कँदै सिनेटमा प्राप्त दलका बहुमत नेता चक शुमर (फोटो: केन्ट निशिमुरा /  एएफपी मार्फत गेटी)

प्रतिनिधिसभाले विधेयक पारित गरे लगत्तै सिनेटले शनिबार राति विधेयक पारित गरेको हो । सिनेटमा विधेयकका पक्षमा ८५ र विपक्षमा ११ भोट खसेको थियो । त्यस अगाडि प्रतिनिधिसभामा विधेयकका पक्षमा ३६६ र विपक्षमा ३४ भोट खसेको थियो ।

ट्रम्प र उनका सहयोगी एलन मस्कले प्रारम्भिक द्विपक्षीय सम्झौताको सार्वजनिक रूपमा विरोध गरेपछि खर्च विधेयक पारित हुनमा ढिलो भएको थियो । ट्रम्प र मस्कले सम्झौताको विरोध गर्नासाथ संसदमा रिपब्लिकनहरूले तुरुन्तै सम्झौताको आलोचना सुरु गरेका थिए । प्रारम्भिक द्विपक्षीय सम्झौता टुटेपछि सदनले बिहीबार बिल पारित गर्न असफल भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तरपछि बिलमा संसोधन गरेर द्विपक्षीय सम्झौता कायम गरिएको थियो । ट्रम्पले रिपब्लिकनहरूलाई ऋण सीमा विस्तार गर्न वा रद्द गर्न पनि आग्रह गरेपनि यसलाई अन्तिम बिलमा नराखिकनै पारित गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com