पृथ्वी–अवलोकन गर्न अमेरिका र भारत उपग्रहमा संगसंगै जाने


प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

अमेरिका र भारतले पृथ्वीको अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने तयारी गरेका छन । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले मार्च २०२५ मा शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेको बताएका छन ।

नासा–इसरो सिंथेटिक अपर्चर रडार (निसार) ले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तनहरू मापन गर्न प्रत्येक १२ दिनमा दुई पटक पृथ्वीको लगभग सबै जमिन र बरफको सतहहरू स्क्यान गर्नेछ ।

निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ ।

नासाका अनुसार निसारको अवलोकनले विश्वभरका अन्वेषकहरूलाई ग्रहको सतहमा आइसफिट, हिमनदी र समुन्द्री बरफलगायतका परिवर्तनहरू राम्ररी बुझ्न मद्दत गर्नेछ । यसले मानवतालाई फाइदा पुग्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पृथ्वीको वन र सिमसार पारिस्थितिक प्रणालीमा भएका परिवर्तनहरू साथै भूकम्प, पहिरो र ज्वालामुखी गतिविधिलाई पनि तस्विरमा कैद गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com