टिकटक प्रतिबन्ध सम्बन्धी मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालत सहमत, जनवरी १० मा शीघ्र सुनुवाई


प्रकाशित मिति : पुस ४, २०८१ बिहीबार

सर्वोच्च अदालतले सामाजिक सञ्जाल एप टिकटकमाथि लगाइएको प्रतिबन्धले संविधानको पहिलो संशोधनको उल्लङ्घन गर्ने नगर्ने भन्नेबारे निर्णय गर्न मुद्दामा सुनुवाई गर्ने सहमति जनाएको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा केही दिन अघि अदालतले यस विषयमा मुद्दा हेर्ने सहमति जनाएको हो।

सर्वोच्च अदालतले यस मुद्दालाई द्रुत प्रक्रियामा लैजाने र जनवरी १० मा बहस सुन्ने निर्णय गरेको छ। टिकटकको अपिलले न्यायाधीशहरूलाई एक महत्त्वपूर्ण मुद्दामा तानेको छ, जहाँ अमेरिकी संसदले चीनको नियन्त्रणमा रहेको एपमाथि राष्ट्रिय सुरक्षा सम्बन्धी चिन्ता व्यक्त गरेको छ भने प्लेटफर्मका प्रयोगकर्ता र कार्यकारीहरूले यस प्रतिबन्धले पहिलो संशोधनको उल्लङ्घन गरेको दाबी गरेका छन्।

यस वर्षको सुरुवातमा संसदले दुईदलीय समर्थनका साथ प्रतिबन्ध पास गरेको थियो, जसलाई राष्ट्रपति जो बाइडेनले अप्रिलमा हस्ताक्षर गरेका थिए । यो कानुन वर्षौँदेखि टिकटकको चिनियाँ मूल कम्पनीले अमेरिकामा राष्ट्रिय सुरक्षा जोखिम निम्त्याउन सक्ने चिन्ताको प्रतिक्रियास्वरूप आएको हो। यद्यपि एपले चिनियाँ स्वामित्वबाट अलग हुने निर्णय गरेमा अमेरिकी बजारमा संचालन गर्न सक्ने बिलमा उल्लेख छ । यसै महिनाको सुरुमा वाशिङ्टन डीसीस्थित संघीय अपिल अदालतले सर्वसम्मतिले प्रतिबन्धलाई समर्थन गरेको थियो ।

black iphone 4 on black textile

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टिकटक प्रतिबन्धको महत्त्वलाई ध्यानमा राख्दै अदालतले यस मुद्दालाई असाधारण रूपमा छिटो हेरिरहेको छ। सामान्यतया आपतकालीन मुद्दामा पनि अदालतले दुबै पक्षका लिखित ब्रिफिङको समीक्षा पछि मात्र नियमित कार्यतालिकामा बहस सुन्ने निर्णय गर्दछ। तर यस मुद्दामा अदालतले सो प्रक्रिया त्यागेर सिधै अपिल सुन्ने निर्णय गरेको छ।

कानुनको संवैधानिकतामाथि बहस सुन्ने घोषणा गर्दा अदालतले प्रतिबन्धलाई अस्थायी रूपमा रोक्ने निर्णय जनवरी १० मा मौखिक बहसको दिनसम्मका लागि स्थगित गरेको छ। टिकटकका प्रवक्ता माइकल ह्युग्सले सर्वोच्च अदालतको यस मुद्दालाई सुन्ने निर्णयबाट खुसी भएको बताएका छन् ।

टिकटकमा प्रतिबन्ध लगाउने कानुन जनवरी १९ मा लागू हुने तयारीमा छ, तर त्यसको भोलिपल्ट ट्रम्पले राष्ट्रपति पद ग्रहण गर्ने भएकाले उनका विकल्प सीमित देखिन्छन्।टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले यसअघि नै एप बिक्री नगर्ने संकेत गरिसकेको छ ।

प्रतिबन्धले उठाएका नयाँ कानुनी प्रश्नहरूको कारण यो मुद्दा अन्ततः सर्वोच्च अदालतमा पुग्ने अपेक्षा गरिएको थियो। सर्वोच्च अदालतले यस मुद्दामा दुई घण्टाको बहसको समय तोकेको छ। अदालतले टिकटक, सरकार र प्रयोगकर्ताहरूको तर्फबाट वकिलहरूका तर्क सुन्नेछ। सामाजिक सञ्जाल र पहिलो संशोधन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पछिल्ला केही वर्षहरूमा बारम्बार सुनुवाइ गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com