अमेरिकी सीमानामा क्यानडाले थप सुरक्षा उपायहरू लागू गर्ने


प्रकाशित मिति : पुस २, २०८१ मंगलबार

क्यानडाले अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गर्ने वाचा गरेको छ । यसमा सशक्त निगरानी र अन्तर्राष्ट्रिय संगठित अपराधलाई लक्षित गर्ने संयुक्त स्ट्राइक फोर्स को स्थापना पनि समावेश छ ।

यो प्रतिबद्धता अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको चेतावनीपछि आएको हो ।

ट्रम्पले जनवरीमा पद ग्रहण गरेपछि, क्यानडाले अनियमित आप्रवासी र अवैध लागूऔषधको प्रवाहलाई रोक्न सीमा सुरक्षित नगरे २५ प्रतिशत कर क्यानाडाली सामानमा लगाउने धम्की दिदै आउनु भएको छ ।

अर्थशास्त्रीहरूले भनेका छन् कि यस्तो करले क्यानडाको अर्थतन्त्रलाई ठूलो प्रभाव पार्न सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो योजनाको विवरण घोषणा गर्दै क्यानडाका वित्तमन्त्री र अन्तर सरकारी मामिलाका मन्त्री डोमिनिक लेब्लाङ्कले संघीय सरकारले यसका लागि १दशमल ३ अर्ब क्यानाडेली डलर अर्थात ९० करोड अमेरिकी डलर छुट्याउने बताएका छन्।

यी उपायहरूले गैरकानुनी लागूऔषध र अनियमित आप्रवासनको प्रवाहलाई रोक्नेछ । साथै मानिस र सामानको स्वतन्त्र प्रवाहलाई सुनिश्चित गर्नेछ, जुन उत्तर अमेरिकाको समृद्धिको आधार हो, मन्त्री लेब्लाङ्कले भनेका छन ।

योजनाका पाँच स्तम्भहरूमा फेन्टानाइल व्यापारको अवरोध, कानून प्रवर्तनका लागि नयाँ उपकरणहरू, अमेरिकी कानून प्रवर्तनसँग समन्वयको सुदृढीकरण, जानकारीको आदानप्रदानमा वृद्धि, र सीमामा आवागमन सीमित गर्ने समावेश छन् ।

यसमा हेलिकप्टर, ड्रोन, र पोर्टहरूको बीचमा मोबाइल निगरानी टावरहरू सहितको प्रस्तावित हवाई निगरानी कार्यबल समावेश छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com