रुसका रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख मारिए


प्रकाशित मिति : पुस २, २०८१ मंगलबार

रुसको राजधानी मस्कोमा भएको विस्फोटमा जनरल मारिएका छन ।

रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ विष्फोटनमा परि मारिएका हुन । उनका सहकर्मीको को पनि दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ ।

रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताए ।

प्रवक्ताका अनुसार अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका रुसले बताएको छ ।

पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ । हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ ।

उनी २०१७ मा न्यूक्लियर, बायोलोजिकल, केमिकल डिफेन्स फोर्सेस को प्रमुखमा नियुक्त भएका थिए । युक्रेनी सुरक्षा निकायहरूले युद्धको झण्डै तीन वर्षपछि रुसी उच्च व्यक्तित्वहरूलाई लक्षित गर्ने गतिविधि बढाएको देखिन्छ ।

किरिलोभको मृत्युको केही दिनअघि मात्र मस्कोमा आफ्नो घर नजिकै रूसी हतियार विशेषज्ञ मिखाइल शाट्स्कीको गोली हानी हत्या भएको थियो ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार शाट्स्कीको हत्या युक्रेनी सैन्य गुप्तचर सेवाले गरेको बताइएको छ ।

रुसी नेभीका वरिष्ठ अधिकारी भलेरी त्रान्कोवस्की र रूसी जेल प्रमुख सेर्गेई येभस्युकोभको पनि रुसद्वारा कब्जा गरिएका युक्रेनी क्षेत्रमा कार बम विस्फोटमा मृत्यु भएको थियो ।

युक्रेनी सुरक्षा सेवा एसबीयू को स्रोतले किरिलोभलाई वैध निशाना भनेका छन् र उनले युद्ध अपराध गरेको आरोप लगाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com