ट्रम्पविरुद्धको न्युयोर्कको मुद्दामा सजायबाट उन्मुक्ति दिलाउने प्रस्ताव न्यायाधिसद्वारा अस्वीकार
प्रकाशित मिति : १ पुस २०८१, सोमबार
TOPSHOT – Former US President and Republican presidential candidate Donald Trump attends his criminal trial at Manhattan Criminal Court in New York City, on May 30, 2024. Jurors return Thursday to a second day of deliberations in Donald Trump’s criminal trial, leaving the Republican presidential candidate and the country waiting for a decision that could upend November’s election. (Photo by Mark Peterson / POOL / AFP)
सोमबार न्यायाधीशले ३४ वटा अभियोगमा दोषी ठहर डोनाल्ड ट्रम्पविरुद्धको न्युयोर्कको मुद्दामा सजायबाट उन्मुक्ति दिलाउने प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्पका वकिलहरूले अमेरिकी सर्वोच्च अदालतको फराकिलो निर्णयमा आधारित रहेर सजायबाट उन्मुक्तिका लागि गरेको प्रस्ताव न्यायाधिस हुआन मर्चनले अस्वीकार गरेका हुन् ।
अमेरिकी सर्वोच्च अदालतले जुलाई १ मा जारी गरेको आदेशको कारणले झूटो व्यापारिक अभिलेख राखेको मुद्दामा ट्रम्पको सजायलाई उल्टाउन नहुने मर्चनले निर्णय गरेका हुन् । उनका वकिलहरूले सुनुवाईका क्रममा राष्ट्रपतिको उन्मुक्तिसँग सम्बन्धित मुद्दाका केही तत्वहरूमा आपत्ति नजनाएकाले ट्रम्पको अनुरोधलाई आंशिक रूपमा अस्वीकार गरिएको मर्चनको निर्णयमा उल्लेख छ ।
ट्रम्पले मर्चनको निर्णयमा पुनरावेदन गर्न सक्नेछन् वा कुनै सजाय तोकिएको खण्डमा रोक्न संघीय अदालत समक्ष अनुरोध गर्न सक्नेछन् । ट्रम्पले पदभार ग्रहण गर्नु अगाडि वा कार्यकालपछि सजाय दिने वा नदिने भन्नेबारे निर्णय भने मर्चनले छुट्टै गर्नुपर्नेछ । म्यानहट्टनको अदालतमा ट्रम्पविरुद्ध सजाय तोक्ने सुनुवाई गतमहिनाका लागि तोकिएको थियो तर उनको आगामी दोस्रो कार्यकालको कार्यकालसँग सम्बन्धित अन्य विचाराधीन प्रस्तावहरूको कारणले उक्त सुनुवाई अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा झुठो व्यापार अभिलेख राखेको मुद्दामा दोषी ठहर गरेपछि सजाय तोक्ने सुनुवाई नोभेम्बर २६ का लागि तय गरिएको थियो । उनलाई पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउनका लागि ट्रम्पले रकम तिरेको रकमका सन्दर्भमा चलिरहेको मुद्दामा ट्रम्पलाई दोषी ठहर गरिएको थियो ।
ट्रम्पलाई २०१६ को चुनावको अखण्डतालाई कमजोर पार्न अवैध षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउनको लागि गैरकानूनी योजनामा भाग लिएको आरोप लगाइएको थियो, जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन रकम भुक्तान गरेको विषय लुकाइएको थियो। ट्रम्पले उक्त रकम आफ्ना वकिल माइकल कोहेनमार्फत डानियललाई दिएको र ट्याक्स फाइल गर्दा व्यापारको रेकर्डमा कानुनी खर्चको रूपमा सूचीबद्ध गरेको अभियोग लगाइएको थियो । ट्रम्पले पोर्नस्टारलाई चुप लगाउनका लागि गरेको भुक्तानीको सम्बन्धमा फर्जी व्यापार रेकर्डका सन्दर्भमा ३४ वटा अभियोगको सामना गरेका थिए ।
ट्रम्पको कम्पनी र ट्रम्प संगठनले पोर्नस्टार स्टोर्मी डेनियललाई भुक्तानीको लागि कोहेनलाई रकम दिएको तथा त्यसका लागि कोहेनलाई बोनस र अतिरिक्त भुक्तानी दिएको अभियोग लगाइएको थियो । ती लेनदेनहरू कानूनी खर्चको रूपमा कम्पनीको रेकर्डमा गलत रूपमा राखिएको अभियोजकहरुले अभियोग लगाएका थिए ।





