ट्रम्पले भने : मेरो मनमा टिकटकको लागि विशेष स्थान छ


प्रकाशित मिति : पुस १, २०८१ सोमबार

person holding black iphone 5

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकका सीईओसँग भेटघाट गरेका छन । टिकटकले अमेरिकामा प्रतिबन्ध लगाउने योजनाको सामना गरिरहेको छ ।

सोमबार ट्रम्पले फ्लोरिडास्थित ट्रम्पको निवासमा शाओ जी च्युसँग भेटघाट गरेका छन ।

यस वर्षको सुरुवातमा पारित कानुनअनुसार चिनियाँ कम्पनी बाइटडान्सले जनवरी १९ भन्दा अघि टिकटक बिक्री नगरेमा यसलाई अमेरिकामा प्रतिबन्ध लाग्नेछ ।

कम्पनीले उक्त प्रतिबन्धलाई ढिलाइ गर्नका लागि अमेरिकी सर्वोच्च अदालतमा आपतकालीन निवेदन दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाले बाइटडान्स र चिनियाँ सरकारबीच सम्बन्ध रहेको आरोपका कारण टिकटकलाई बिक्री गर्न वा प्रतिबन्ध लगाउन खोजेको हो ।

जुन आरोपलाई टिकटक र बाइटडान्स दुवैले अस्वीकार गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षालाई विदेशी प्रतिद्वन्द्वीद्वारा नियन्त्रण गरिएका एपहरूबाट आउने खतराबाट जोगाउने उद्देश्यले प्रतिबन्ध लगाइन लागिएको अधिकारीहरुले बताएका छन ।

ट्रम्प यस प्रतिबन्धको विपक्षमा छन् । यद्यपि आफ्नो पहिलो कार्यकालमा उनले प्रतिबन्धको समर्थन गरेका थिए ।

उनले यो प्रतिबन्धले फेसबुकलाई फाइदा पुर्याउने तर्क दिएका छन् । फेसवुकलाई ट्रम्पले २०२० को चुनावमा आफ्नो हारको कारण मानेका थिए ।

तर ट्रम्पको दोस्रो कार्यकाल जनवरी २० मा सुरु हुनेछ । जुन कानुनमा तोकिएको समयसीमाभन्दा एक दिनपछि हो । यस महिनाको सुरुवातमा संघीय अपील अदालतले टिकटकको प्रतिबन्ध खारेज गर्ने प्रयास अस्वीकृत गरेको थियो ।

ट्रम्पले आफ्नो प्रशासनले टिकटकलाई अध्ययन गर्ने बताए । मेरो मनमा टिकटकको लागि विशेष स्थान छ, किनभने मैले युवामाझ ३४ अङ्कले जितेको थिएँ, उनले भने ।

केही मानिसहरू भन्छन् कि यसमा टिकटकको भूमिका छ । टिकटकले प्रभाव पारेको छ । नोभेम्बरमा १८ देखि २९ वर्ष उमेर समूहका अधिकांशले ट्रम्पको डेमोक्रेटिक प्रतिस्पर्धी कमला ह्यारिसलाई समर्थन गरेका थिए ।

तर २०२० को चुनावको तुलनामा युवा मतदाताहरूमा ट्रम्पतर्फको उल्लेखनीय स्विङ देखिएको थियो ।

जुन महिनामा ट्रम्पले टिकटकमा खाता खोलेका थिए । तर चुनावी अभियानको क्रममा उनले टिकटक प्लेटफर्ममा लाखौँ फलोअरहरू प्राप्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com